Posted by: Poonte July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय! श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!! श्री चौतारी महाराज भगुतेन्द्र विक्रम की, जय!!! श्री चौतारी महाराज भगुतेन्द्र विक्रमका हजूरमा, सरकारले सुध्रने प्रण गरिबक्सेर उट्पट्याङ् जीवन शैलीबाट सन्यास पहिरिबक्सेको केही हप्ता लागेको, अनि उक्त समयावधिमा सरकारमा केहि उकुस मुकुस पन उत्पन्न भएको होला भन्ने विचारका साथ, हाम्रा काजी हरि बहादुरले ढालेका बँदेलको शिकार समेत, अर्का काजी राहुलभाईकी श्रीमती कजीनी नेउचीले घरैमा पारेकी तीनपानीका साथ मौसूफ समक्ष हाजिर भएको छु, जो हुकूम! यो बँदेल जंगली नै हुँदो त हो नै, तर काजी हरि बहादुरले बढो मेहेनतका साथ यसलाई मौसूफ समक्ष ल्याई पु-याउने कष्ट गरेका टिप्पणी पनि मौसूफका हजूरमा पेश गर्न गई रहेछु, सरकार जो निगाह! सरकार, काजी हरि बहादुरको बन्दुकको नाल बाट निस्केका तीन-तीन वटा गोलीले समेत मरन्यास नपरेका यि भयावह बँदेललाई काजी हरिबहादुरले कुस्ति खेली, सिरुपातेको धारले रेटेर यसको प्राणको अन्त्यस्ति गरेका थिए। कुस्तिको समयमा, राजा बिर्खेन्द्र विक्रमले पनि मौसूफका बन्दुकले यि बँदेललाई ताकिबक्सेका होईबक्सिन्थ्यो, तर काजी हरि र बँदेल उस्तै उस्तै देखिएकाले राजा बिर्खेन्द्रले बन्दुकबाट गोली फुस्काउन गाह्रो महसूस गरिबक्सिएका होईबक्सिन्थ्यो। सरकार, सन्यास पहिरिबक्सेको अवसरमा शिकार ज्यूनार होईबक्सने अवस्था नरहेको खण्डमा, यो तुच्छ पुन्टे माफी बिन्ति टक्र्याउँदछ, जो हुकूम! भँदेलको शिकार साँधेर मौसूफका लागि भोजन योग्य तुल्याउने काम चाँहि हाम्रा श्रेष्ठ काजी चना बहादुरकी श्रीमति कजीनी दुर्गेश्वरीले गरेका हुन्। सरकार, हाम्रो राज्यमा आईलागेको अर्को एउटा अप्रिय घटना मौसूफका हजूरमा पेश गर्न चाहन्छु, जो हुकूम! राजा बिर्खेन्द्र विक्रमका दाम्पत्य जीवन अहिले सम्म शुरु गर्न नसकिएको अवस्थामा, चौतारी राज्यका सम्पूर्ण राज सदस्यहरुमा विच्ल्ली छाएको तथ्य मौसूफलाई ज्ञान भइकै हो। पल्लो राज्यकी राजकुमारी जिम्माल्नी राज्य लक्ष्मीसंग राजा बिर्खेन्द्रको कुरा हाम्रै राज पण्डित श्री गौतम नाथले गरेका थिए। विधिको रचना, सरकार, ति राजकुमारीको नाममा कलंक जिम्मालनी राज्य लक्ष्मी हाम्रा राजाका डोलीमा सवारी हुनको साटो अर्कै पाखण्डीको झोलीमा सवारी होईबक्सेछ। हामी राजाका पो डोली, ति पाखण्डीहरुका त झोली! सरकार, हुन त राज संस्कृति कै प्रतिक मानिने हाम्रा बेलायतका राज परिवारकी सदस्य यवराज्ञी डाईना पनि पछि झोली मै सवारी होईबक्सेको थियो, तर प्रतिक नै भए पनि उनीहरु गाईको मासु सेवन गर्ने गोरा जातीका राज परिवार परे। हामी शुद्ध हिन्दु राज संस्कारमा झोलीको प्रथालाई कदापि शुरु हुन दिन हुन्न भन्ने प्रतिबद्धताका साथ हाम्री अधिराजकुमारी द्वय टायरा, उर्फ "तितौरी", राज्य लक्ष्मी र पिरती राज्य लक्ष्मीका अडानमा राजा बिर्खेन्द्रका शुभ विवाह अहिलेको लागि पुन: स्थगित रहेको तथ्य मौसूफका हजूरमा चढाउँदछु, सरकार जो हुकूम! सरकार, चौतारी राज्यका थप समाचारहरुमा: अधिराजकुमार चित्रेन्द्र विक्रम तराई भेकका रेकदेखमा थप सहयोग पुराईबक्सन राजा कुमलेन्द्र विक्रम नज्दिक बसाईं सराईं गरिबक्सेको छ। ईतिहासमा चीन संग सम्बन्ध बढाउना लागि दुरदर्शिता देखाई अरनिको र भृकुटीको वैवाहिक सम्बन्ध गराईएको तथ्य मौसूपलाई ज्ञावतै छ। सोही परम्परा अनुसार, जापान अधिराज्यसंग पनि चौतारी राज्यको सम्बन्ध दह्रो बनाउनका निमित्त हाम्री अर्की अधिराजकुमारी अपताउन, उर्फ "ठुली", राज्य लक्ष्मीको शुभ विवाहको कुरा जापान अधिराज्यका युवराजसंग अघि बढाउन सो अधिराज्यमा हाल बसोबास गरि बक्सेका शाहाज्यादा गालवेन्द्र विक्रमले जिम्मेवारी ग्रहण गरिबक्सेको छ। शाहाज्यादा दिपुन्द्र विक्रमका साहित्यिक रचनाहरुले हाम्रा प्यारा जनता मघ्न हुने क्रम जारी छ। दरबारको असल रेखदेखका लागि थप पहरेहरु पनि कमिशन गरेका छौं, रिट्ठे तथा अन्तरे। कुमार चिप्लेन्द्र विक्रमका अंग रक्षकका पदमा कपितान आईतेलाई बढुवा गरि मेजर बनाइएको जानकारी महारथी दान बहादुर, "दादा", मार्फत दरबारमा जानकारी आएको छ। मौसूफ, हजुरको पुरानो जिवन शैली र भेषमा पुन: सवारी होस् भन्ने आशामा अहिलेलाई यो बँदेल र तीनपानी ज्यूनार गरि बक्सेला। जो हुकूम, जो निगाह! हजुरका पाउका भक्त सेवक, पुन्टे।
Read Full Discussion Thread for this article