Posted by: Rahuldai July 29, 2007
Maoist Contribution to Nepal
Login in to Rate this Post:     0       ?        
जी पी जिले राख्नु भएको समाचार सम्बधी ब्लग मेरो संसार डट कममा राखेको रैछ। मैले त्यसमाथि गरेको टिप्पणि यहाँ राखेको छु। किन कि मलाई थाहा छ, त्यो ब्लगमा माओबादिको बिरोध गर्न मनाही छ, हेरम्, लाजै लागेर भए नि राख्छ कि? तर यहा राखेको छु, अन्यथा न लिनु होला। ""गधालाई धोएर गाई बन्दैन" यो नेपाली उखान त्यसै बनेको छैन। जङली मानसिकता, जङली ब्यबहार शहर पस्दैमा सुध्रिन्छ भनेर आम नेपालीले सोचेको ब्यर्थ रैछ। बन्दूकको आतंक भन्दा खतरनाक हुन्छ, दिन दहादै हुने यस्तो ढुंगामुढाको आतंक। यस्तो बांदरे क्रियाकलापलाई अझै क्रन्तिकारी काम भनेर ताली बजाउनेहरु को टिपाणी यहाँ मनग्य हुने छ। बिडम्बना देशको, अझै देश सुध्रेन , नेता सुध्रेन भनेर सत्तो सराप्ने छौं। सम्पादक महोदय- संचालक महोदय, तपाई त पत्रकार, तपाई बताइ दिनुस्,संसारको कुन चाही मान्छे बस्ने देशमा आफै सरकारमा बसेर सरकारी कार्यालयमा डकैती शैलीमा आक्रमण भएको छ ? बिद्रोहीले गरेको भए अर्को कुरा। अहिले मओबादी बिद्रोही रहेनन्। तर जंगलीको जंगली नै रह्यो। यता तिर् नि सोधखोज गरेर कलम चलाउने कि? "
Read Full Discussion Thread for this article