Posted by: Durgesori July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
रसबरी बनाउने तरिका १ दुध (१% अथबा २% मिल्क फ्याट) लाइ उमाल्ने २ दुध भुक्लुक्क उम्ले पछि कागतिको रस राख्ने । रस राख्दा खेरि एकै चोटि धेरै राख्नु हुंदैन। अलि अलि राख्दै चलाउदै गर्नु पर्छ। जब दुधबाट पानी जति छुट्टिन्छ अनि तेसलाइ पातलो मलमलको कपडामा राखेर छान्ने । ३ छानेर निस्केको छेनालाइ तेहि कपडामा पोको पारेर ३ घन्टा जति कुनै ठाँउमा झुन्ड्याएर राख्ने। ४ तयार भएको छेनालाइ मज्जाले मुछ्ने । गहुँको पठो मुछेको जस्तै गरि ५ सानो सानो ( नेपालको पुस्टकारि जत्रो) डल्लो बनाउने । ६ प्रेसर कुकरमा पानी उमाल्ने ७ उम्लेको पानीमा ति डल्लाहरुलाइ खसाल्ने ८ प्रेसर कुकरको बिर्को बन्द गर्ने ९ आगो अलि सानो गर्ने ताकि सिट्ठि नआओस्। १० मनेट सम्म पकाउने। तेसपछि ति डल्लाहरुलाइ निकालेर चास्निमा डुबाउने। १० २ घन्टा पछि खान तयार हुन्छ चास्नि बनाउने तरिका चिनि र पानीको मात्रा बराबर राखेर उमाल्ने । चास्नि तयार! खाने तरिका चास्निमा डुबइराखेको रसबरिलाइ चम्चाले निकालेर क्वाप्प मुखमा राख्ने जिब्रोले थिचेर रस सुरुरुरुरुरुरुरुरुरु तान्ने अनि दातले चपाएर निल्ने सबैले तर जिम्माल बाले चै गिजाले चपाएर अनि निल्ने
Read Full Discussion Thread for this article