Posted by: Rahuldai July 27, 2007
Ek Kilo Chaamal Ko Price
Login in to Rate this Post:     0       ?        
बाथरुम कफि जी, मेरा सम्पूर्ण परिवार नेपालमै बस्छ र म पनि नेपालबाट यता आएको धेरै भाको छैन। मैले पनि भोगेको छु, बन्द हडताल र मुल्यब्रिद्धिको चर्को समस्या। सरकारी तलबले जिउन कति गाह्रो छ मलाई नि थाहा छ। अहिले पनि परिवार सङ मेरो सुख दुखको कुरा हुन्छ। जीवन मुश्किल छ कुनै शंका छैन। तर मेरो भनाइको अर्थ त्यो चामलको भाउ अतिरंजित भो मात्र हो। बाकि तपाईले लेख्नु भएको सत्य भए नि दोष के हामी सबैको छैन र? नेतालाई मात्र गालि गरेर हाम्रो धर्म निभाएक ठहरिन्छौ र? के गेरका छौ, हामीले देशको यो अबस्थाबाट मुक्ति दिलाउन? बर्षौं देखि परदेशमा बस्ने र नेपालमा चामलको भाउको चिन्ता गर्ने? त्यो पनि हुदै न भएको भाउ प्रक्षेपण गरेर? त्यति मात्र हो मेरो आग्रह। अस्तु!
Read Full Discussion Thread for this article