Posted by: Amazing July 26, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
U might have already known all these but stilll........ कसरी सहभागी भए प्रशान्त इण्डियन आइडियलमा ? सोनी च्यानलले शुरु गरेको इण्डियन आइडियल कार्यक्रममा एउटा कार्यक्रम भारतको उत्तर पूर्वी राज्यहरुको निम्ति कोलकोत्तामा राखिएको थियो। जसमा सहभागी जनाउन चाहाने प्रतियोगीहरुले मोवाईल फोनबाट एसएमएसद्धारा आफ्नो नाम दर्ता गर्नुपर्ने थियो। जसमा प्रशान्तले पनि आफ्नो नाम दर्ता गरे लगभग १२ हजार जनामा प्रशान्त पनि सहभागी बनेर एकसय तीस जनामा छानिए। त्यस पछि फेरी २२ जनामा छानिए र उनि मुम्बई आए। जहां समग्र भारतबाट मात्र नभएर अन्य मुलूकहरुबाट पनि प्रतियोगीहरु आएका छन् र मुख्य २८ जना प्रतियोगीहरु चुनिए जसमा प्रशान्त पनि परे। २८ जना प्रतियोगीहरुको एकल गायनलाई सोनी टि.भी.ले पियानो राउन्ड नाम दिएको थियो, जसबाट टपटेन प्रतियोगीहरु छानिए र यसरी टपटेन प्रतियोगीहरु छानिदा प्रशान्त तामाङ पनि इण्डियन आइडियलको टपटेनको गाला राउण्डमा छानिए। अब उनलाई धेरै भन्दा धेरै भोट दिएर इण्डियन आईडल बनाउनु तपाई हाम्रो कतर्व्य हो। प्रशान्तलाई नेपाली संगीतकार, कलाकार र निर्देशकको सपोर्ट नेपाली चलचित्र क्षेत्रका वरिष्ठ संगीतकार रञ्जित गजमेर इण्डियन आईडलमा प्रशान्त तामाङ पुग्नु सबै नेपालीहरुको लागि गर्वको कुरा भएको बताउनु हुन्छ। उहाँले हामी सबैले उसको सफलताको लागि विशेष पहल गर्नु पर्ने बताउनु भयो। नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार (खलनायक) सुनिल थापाले प्रशान्त इण्डियन आईडलमा टपटेनमा आउनु एउटा नेपालीहरुको गर्वको कुरा रहेको उल्लेख गर्दै उहाँले प्रशान्तलाई इण्डियन आईडल बनाउनको लागि सबैले एसएम एस गरेर सर्पोट गर्नुपर्ने बताउनुभयो। उहाँले प्रवासमा रहेका यूवाहरुलाई आफूले गर्ने फजुल खर्चबाट बचाएर प्रशान्तलाई भोटिङ गरेर जिताउन र नेपालीहरुको नाम उच्च राख्न समेत आब्हान गर्नुभयो। यसैगरी नेपाली चलचित्र क्षेत्रकै चर्चित निर्देशक नारायण पुरीले पनि प्रशान्तलाई सम्पूर्ण नेपालीहरुले सर्पोट गर्नु पर्ने बताउदै उनमा एउटा सफल गायक बन्ने खुबी रहेको बताउनु भयो। चर्चाको शिखरमा प्रशान्त (Indian Idol-3) प्रशान्त तामाङ यतिबेला चर्चाको शिखरमा पुगेका छन्। सोनी टेलिभिजन बाट प्रशारण हुने इण्डिया आईडलमा सामान्य परिवारमा जन्मिएको एक नेपाली ठिटो प्रशान्त टपटेनमा पुगेपछि उनलाई देश-विदेशबाट लाखौं स्रोताहरुको सपोर्ट मिलेको छ। यतिबेला दार्जीलिङ, सिक्किम, कालेबुङ, खर्साङ, सिलगढी, डुर्वस लगाएतका सबै सडक गल्लीहरुमा प्रशान्त छाएका छन्। उनका तस्वीर र हस्ताक्षरले भरिएका ब्यानरहरु चोक चोकहरुमा लगाईएको छ। चारैतिर प्रशान्तको चर्चा परिचर्चा भैरहेको छ अझ भनौ भने प्रशान्तमय बनेको छ दार्जीलिङ। मुर्म्बईमा समेत प्रशान्तको सफलताको लागि लाखौं नेपालीहरुले भोट दिएका छन्। उनलाई प्रत्येक शुक्रबार राती साढे ९ बजे देखि २५२५ मा प्रशान्तको कोड नम्बर सहित एसएमएस गर्न सकिन्छ । साथै फोन गरेर पनि उनलाई भोट दिन सकिन्छ। दार्जीलिङ मात्रै हैन नेपालमा समेत प्रशान्तको सर्पोटमा विराटनगर, पोखरा र काठमाण्डौमा समेत संगीतप्रेमी यूवा युवतीहरुले तुल र ब्यानरको साथमा र्‍यालीहरु गरेका छन्। ‘विश्वभरका नेपालीले मत दिन पाए प्रशान्त अवश्य सफल हुने थिए।’ कामना गरौं, प्रशान्तको यात्राले गति लिन सकोस्। नेपालीको गौरवको रुपमा प्रशान्तलाई लिईएको छ। यतिबेला सबै तिरबाट एउटै आवाज छ वि वान्ट प्रशान्त, भोट फर प्रशान्त । प्रशान्तको लागि अरबीयन राष्ट्रहरुबाट पनि हज्जारौ भोटहरु प्राप्त भएको छ। हस्ताक्षरको लागि दार्जीलिङदेखि मुम्बईसम्म प्रशान्तको सर्पोट र प्रचार-प्रचार तथा हस्ताक्षरको लागि दार्जीलिङदेखि दैनिक पत्रिका हिमालयन दपर्णद्धारा तयार पारिएको ब्यानर लिएर रिपोर्टर ज्ञानेन्द्र अर्याल समेत मुर्म्बई आईपुगेका छन्। एक हप्ता अघि मुम्बई आई पुगेका अर्यालले प्रशान्तलाई भेटी उनको सपोर्टमा लाखौं स्रोताहरु रहेको बताउनु भयो। मुर्म्बई आउनुअघि कोलकत्ता पुलिस फोर्समा (जहाँ प्रशान्त कार्यरत थिए) पुगेर अर्यालले हस्ताक्षर संकलन गर्नुभएको थियो। अर्याल मुम्बईमा समेत प्रशान्तको सर्पोटको लागि एक र्‍याली र हस्ताक्षर संकलन गर्न आएको बताउनुहुन्छ। http://www.dhukdhuki.com/mano/?p=46
Read Full Discussion Thread for this article