Posted by: Amazing July 26, 2007
PRASHANT TAMANG'S JUNE 07, 2007 PERFORMANCE {Video Included}
Login in to Rate this Post:     0       ?        
को हुन प्रशान्त तामाङ ? प्रशान्त तामाङ दार्जिलिङको तुङसुङवासी हुन् र हाल कोलकत्ता पुलिसको सिपाहीमा कार्यरत छन्। उनी कोलकत्ता पुलिसको “अर्केष्ट्रा ब्यान्ड” का गायक हुन्। ४ जनवरी १९८३ मा दार्जिलिङ को तुङसुङ भन्ने स्थानमा आमा रुपा तामाङ र स्व.बाबु मदन तामाङको कोखबाट जन्मिएका प्रशान्तका दुई दिदी अनुपमा र अर्चना छन्। प्रशान्त दार्जिलिङको स्थानीय सेन्ट रोवर्टस स्कुलमा पढ्दै गर्दा कोलकत्ता पुलिसमा कार्यरत उनका बुबाको अचानक निधन भएपछि घरमा आर्थिक स्थिति र्टार्न हम्मेहम्मे पर्दै थियो। प्रशान्तको माध्यमिक परिक्षा सन् २००२ मा थियो तर उनले आफ्ना बाबुको स्थानमा कोलकत्ता पुलिसमा काम पाउने पक्का भएपछि आफ्नो घरको आर्थिक स्थितिलाई टार्नको निम्ति पढ्ने मन हुंदा हुंदै कोलकत्ता पुलिसमा सिपाहीको रुपमा भर्ती भए। कलम समाउने बेलामा उनी खाकी लुगा लगाएर कोलकत्ताको गल्ली गल्ली पुलिसको डन्ठा समाउदै हिडे। कोलकत्ता पुलिसका जोइन्ट कमिशनर अफ पुलिस साथै एडिसनल कमिशनर जुल्फीकर हसन र डेप्युटी कमिशनर अफ पुलिस राजेश सुवर्ण (हाल दार्जिलिङ जिल्लाका एस.पी.) ले कोलकत्ता पुलिसमा २००५ मा एउटा ब्यान्ड स्थापना गरे जसलाई अर्केष्ट्रा ब्यान्ड भनि नामाकरण दिए। त्यही ब्यान्डमा प्रशान्त मुख्य गायकको रुपमा कार्यरत भए। जुन ब्यान्डको लक्ष्य गाउं गाउंमा गएर त्यहां रहेका एनजिओहरुसित मिलेर कार्यक्रम संचालन गर्नु रहेको थियो। जसको लक्ष्य साधारण जनताहरुसंग पुलिसको सम्बन्ध बढाउनु थियो।
Read Full Discussion Thread for this article