Posted by: shirish July 26, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गजल (छन्द: पञ्चचामर, बहर: हजज) --Saprem Archana नझार आँसुका ढिका म आँसु हेर्न सक्दिन र आँसुमा तिमी डुबे म सास फेर्न सक्दिन बितेर जान्छ बैँस यो, प्रहार गर्छु प्रेमले समीप भाग सुस्तरी म दूर घेर्न सक्दिन अनेक रूप फेर्दछौ नछल्क शीत झैँ तिमी अमीट छाप मन्भरी म चित्र केर्न सक्दिन अगाल भन्छु प्रेमले, अडिन्छ सास भन्दछौ नफाल ज्यान प्रियतम् म लास बेर्न सक्दिन
Read Full Discussion Thread for this article