Posted by: Pale Dai July 25, 2007
Is kantipur retarded?
Login in to Rate this Post:     0       ?        
Look at the title and following news from today's kantipur. अपेक्षा लिटिल लेडी क्रिकेटमा क्षेत्ररक्षकको गयलसम्बन्धी नियम धेरै नै महत्त्वपूर्ण हुुन्छ । खास गरेर विभिन्न स्तरका अम्प्ाायरको तालिमपश्चात् लिइने परीक्षामा यससँग सम्बन्धित केही प्रश्नहरू अनिवार्य रूपमा सोधिएको हुुन्छ र धेरैले यस गणितीय समीकरणमा गल्ती गरेको देखिएको छ । त्यसैले यसलाई विभिन्न उदाहरणसहित व्याख्या गरिएको छ । फलोअन र फोरफिचर -नखेलेर इनिङ समाप्तिको घोषणा गनर्ुु) को समयमा पनि यसको प्रयोग हुुन्छ । मानौं कुुनै क्षेत्ररक्षक ४० मिनेटअघिदेखि मैदान बाहिर छ र फलोअन अथवा फोरफिचरले गर्दा उसले पुुनः क्षेत्ररक्षण गनर्ुुपर्ने अवस्था आउँछ भने १० मिनेटको विश्रामपश्चात् मैदानमा आउँदा ४० मिनेटसम्म मैदानभित्र क्षेत्ररक्षण गरेर मात्र बलिङ गर्न पाउँछ । त्यस अवस्थामा १० मिनेटको विश्राम उसको गयल समयमा जोडिंदैन । त्यो उसको गयल समयबाट पनि घट्दैन । खेलाडीको गयल समय दण्ड -पेनाल्टी) अर्को नयाँ दिनको खेल सुुरु हुुँदा भने लागू हुुँदैन । क्षेत्ररक्षक कुुनै दिनको खेल समाप्ति हुुनुुभन्दा ३० मिनेटअघिदेखि मैदान बाहिर छ र अर्को दिनको खेल प्रारम्भ हँुुदा उ मैदानभित्र प्रवेश गर्छ अथवा खेल प्रारम्भ भएको १५ मिनेटभित्र मैदानमा प्रवेश गर्छ भने उसको कप्तानले चाहेमा तुुरुन्तै बलिङ गराउन सक्छ । उसको एक दिन पहिलाको गयल समय सबै रद्द हुुन्छ र अर्को दिन समयमै आएको हुुँदा उसलाई गयलको दण्ड लाग्दैन । यदि त्यो दिनको खेल सुुरु भएको २० मिनेटपछि उ मैदानभित्र प्रवेश गर्छ भने उसले खेलको २० मिनेट मैदानभित्र बिताएर मात्र बलिङ गर्न पाउँछ । मेरेलिबर्न क्रिकेट क्लबकोे नियमअनुुसार यो गयलसम्बन्धी नियम ब्याट्स्म्यानले ब्याटिङ गर्न आउँदा लागू हँुुदैन । मानौं कुुनै खेलाडी फिल्डिङ गर्दा २ बजे मैदान बाहिर जान्छ र २.४० मा ब्याटिङ पक्षले इनिङ समाप्तिको घोषणा गर्छ । अब फिल्डिङ पक्षले ब्याटिङ गर्न आउँदा गयल भएका खेलाडी आफ्नो ब्याटिङ क्रमअनुुसार आएर ब्याटिङ गर्न पाउँछ । अथवा उसको कप्तानले चाहेको समयमा उसलाई ब्याटिङ गर्न पठाउन सक्छ । उसको गयल समय १५ मिनेटभन्दा बढी भए पनि त्यो दण्ड उसले पाउँदैन । गयलसम्बन्धी दण्ड क्षेत्ररक्षणका बेला मात्र लागू हुुन्छ ।
Read Full Discussion Thread for this article