Posted by: भउते July 18, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
मास्टर्नी-भावी, दुर्गी-भावी, नेप्ची-भावी, बिर्खे भावी ए सरी बिर्खे जिम्माल,पुन्टे-दा, ठूल्दा, ह्यारिश, ग्वाँचे सप्पैलाई जदौ टक्र्याएँ। दुर्गी-भावी, कस्तो मीठो गीत ल! धन्यबाद छ है। साली-नानी नि कता हराइन के रे। काँ पा'र जिस्क्याउनु। सलमान खान हौ कि कादरकान भन्दै थिन। म त परेँ बाँदरखान। डराएर भागिन जस्तो छ। मास्टर्नी भावी, आजकाल बाज, चितुवा, चिल, गिद्द, स्यालले कत्तिको सताउँछन त? नेप्ची-भावी, आज त हउरले नि एक बिर्को लगाउनु भो जस्तो छ नि। पुन्टे-दा, गुडनाइट ! जिम्माल-बा पुस्टकारीको खबर के छ, आँssची नातिनीको खबर के छ? को सँग झगडा अरम अरम भे'र हिजो देखि सारै भा'थ्यो। बिहान उठेर दात माझ्न लाग्दा आफ्नै अनुहार देखेर रिस उठ्यो, अनि मज्जाले ऐना हेरेर आफै सँग बाझेँ। बल्ल मन हलुको भैरा'छ।
Read Full Discussion Thread for this article