Posted by: shirish July 17, 2007
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        
गिरिजाबाबुको प्रतिगमन यात्रा खगेन्द्र संग्राैला औद्योगिक नगरी विराटनगरबाट मामुली कारिन्दाका रूपमा सुरु भएथ्यो, गिरिजाबाबुको राजनीतिक जीवन । ऊबेला कोइराला परिवारको कारिन्दा ठूलो कुरा थियो । यिनको व्यक्तित्वको जग शास्त्रप्रतिको अरुचि र शस्त्रप्रतिको मोह हो । शास्त्रानुरागी दाजु वीपीले यिनलाई सोचेरै 'हवल्दार' भनेका हुनन् । कम्युनिस्टप्रतिको अनन्त विराग र राजतन्त्रप्रतिको अखण्ड अनुराग यिनको व्यक्तित्वको अर्को पाटो हो । गिरिजाबाबु काङ्ग्रेसी ओखलढुङ्गा सशस्त्र विद्रोहका व्यूहरचनाकार हुन् । र यिनी हुन्, विराटनगर-फारबेसगन्ज विमान अपहरण काण्डका गुरु चाणक्य । उसो त राजाको कोमल गाथलाई ताक्ने जनकपुर बमकाण्डका सारथी पनि यिनै हुन् । शूर्‍याइँयुक्त दुःसाहस यिनको अभिरुचिको केन्द्र हो । हठ समय हेरी यिनको गुण पनि हो र दुर्गुण पनि । मनोरचनाका दृष्टिले यी गैँडाजस्ता लाग्छन् । र नै यी भन्छन्, म फर्केर पछिल्तिर हेर्न जान्दिन, ठम्ठम् अघि बढ्छु । तर यिनको यो 'अघि'को बुझाई कहिलेकाहीँ अग्रगामी हुन्छ, धेरैजसो पश्चगामी । यिनको यो 'अघि' आक्कल-झुक्कल गणतन्त्रमुखी हो झैं लाग्छ । तर यो प्रायः राजतन्त्रमुखी हुन्छ । इतिहास भन्छ, मिथ्या जनमत सङ्ग्रहपछि गिरिजाबाबुले पञ्चायतमा छिर्न खुट्टा उचालेका थिए । पञ्चायती वर्गीय सङ्गठनको झण्डा बोक्नैपर्ने सर्त र गृहमन्त्री पद नपाउनाको दुःखले परशुपथको शाही पथिक हुनबाट यिनलाई बालबाल बचायो । जीवित छउन्जेल वीपी नेपाली काङ्ग्रेसका विशाल शीर्षक थिए । किशुनजी र गणेशमान थिए, पाद टिप्पणीमात्र । त्यस कालमा चर्चाको बजारमा गिरिजाबाबुको नाउँ पाद टिप्पणीमा सम्म पनि थिएन । वीपी बिते र गिरिजाबाबु काङ्ग्रेसको शीर्षक बन्ने महाअभियानमा डटे । शीर्षक बन्ने उनका योग्यता तीनवटा थिए । कोइराला वंशको सन्तान, वीपीको भाइ, जीवनभर राजनीतिको साधक र तुफानी धावक । पहिलोपटक प्रधानमन्त्री बन्नु के थियो, उनी काङ्ग्रेस पार्टीका भयानक शीर्षक भइहाले । उनले साम, दाम, दण्ड, भेदको नीतिले लतारेर गणेशमान र किशुनजीलाई पार्टीको पाद टिप्पणीमा झारे । र उनले यसबीच 'माले-मसाले-मण्डले एकै हुन्' भनेर कम्युनिस्टप्रति उग्रद्वेष र राजतन्त्रप्रति असीम भक्ति पनि प्रकट गरिहाले । काङ्ग्रेस-कम्युनिस्ट बीचको भत्काउनु नहुने सहकार्य भत्काएर उनी दरबारसँगको खुकुलिएको लगनगाँठो कस्दै गए । नतिजा हदैसम्म ननिको भयो । संसदीय राजनीतिको निम्छरो ढाडमा शाही सामन्तवाद सग्लै र सिङ्गै सवार भयो । राजनीति आदर्श र त्यागको भावनाबाट पूरापुर विमुख भयो । र यो खाओवादी र अति अलोकपि्रय बन्न पुग्यो । जनराजनीतिको दयनीय रिक्तताबीच माओवादी सशस्त्र विद्रोहको जन्म भयो अनि संसदीय बेथिति र हिंसाको चौतर्फी कोलाहलमाझ बन्धुहत्याको वेदीबाट ज्ञानेन्द्र शाहको उदय भयो । राजनीतिको यो भयावह प्रतिगमनमा गिरिजाबाबुको योगदान लरतरो थिएन । आफूलाई सभक्ति बोक्ने भरियालाई मग्नसँग बोकिने ख्वामित्ले निर्मम लात दियो । दम्भी ज्ञानेन्द्रका लातको आघातले हुत्तिएर गिरिजाबाबु सत्ताको गद्दाबाट रत्नपार्कको धूलोमा बजारिन पुगे । अनि सुरु भयो उनको राजनीतिक जीवनको गौरवमय कालखण्ड । उनी काङ्ग्रेस पार्टीको शीर्षक त थिए नै, संसदीय राजनीतिका जेठाबाठा पुरुष पनि थिए । उसो त उनी संसदीय राजनीतिलाई बाहिरी विश्वसित जोड्ने सुपरग्लु पनि थिए । आफ्नो स्थान र उचाइका कारण ज्ञानेन्द्र शाहको मुलायम तानाशाहीसँग आँखा जुधाउने ह्याउ र हैसियत उनैले मात्र देखाए । माधवकुमार नेपाल आफ्नो भक्तगण पछि लगाएर शाही हैकमको कुरूप अनुहारमा पाउडर घसिदिन लुसुक्क दरबार पसे । माधवबाबुको कद पुड्किँदा गिरिजाबाबुको कद उचालियो । माधवबाबुको अनुहारमा शाही दासताको दाग लाग्दा गिरिजाबाबुको अनुहार जाज्वल्यमान देखियो । यसरी उनी जनआन्दोलनका सर्वमान्य नायक बन्न पुगे । असोजतन्त्रको मुलायम तानाशाही छिप्पिँदै, उत्ताउलिँदै र बौलाउँदै मकरतन्त्रको कठोर तानाशाहीमा परिणत भयो । जनप्रतिकारको कठिन मोर्चामा फेरि पनि यिनै गिरिजाबाबु अगुवा भए । बबुरा माधवबाबु प्रभुको लात खाएर, शाही झण्डा बिसाएर, मुख छोपेर लुखुर-लुखुर यिनका पछि लागे । यसबीच गिरिजाबाबु आफ्ना दुई वृद्ध काँधमा दुइटा खम्बा बोकेर ठस्ठस् कन्दै परम्परागत सोचाइको उही साँगुरो वृत्तमा घुमिरहेका थिए । एउटा खम्बा संवैधानिक राजतन्त्रको, अर्को संसदीय प्रजातन्त्रको । शाही दमन, लुट र हत्याको चक्रले हुत्याएर उनलाई इतिहासको दोबाटोमा उभ्यायो । रोज्नलाई उनका अगाडि अब दुईवटा मात्र विकल्प थिए । कित कथित संवैधानिक राजतन्त्रको नाउँमा शाही दासता स्वीकार गर कि शाही दासताबाट मुक्त हुन विद्रोही माओवादीसित हातेमालो गर । शाही चुटाइले तन र मन दुवै रगतपच्छे भएका गिरिजाबाबुले राजतन्त्रको मोहलाई बिसाए र माओवादीतिर हात फैलाए । लाटो लोकले सोच्यो, अब भने गिरिजाबाबुको चिन्तन र संस्कारको कायाकल्प हुने भो । अब भने जनपक्षका यावत् शक्तिहरूको मेलबाट राजतन्त्रले धूलो चाट्ने भोे र लोकतान्त्रिक गणतन्त्रको मौलो गाडिने भो । गिरिजाबाबु आफ्नो पहिचानलाई दाउमा राखेर इतिहासको नसोचिएको, क्षितिज नदेखिने, जोखिमपूर्ण बाटोतिर लम्किए । उनले माओवादीसँग माया गाँसे र आफैंले डोर्‍याएर तिनलाई सिंहदरबारमा शासनको आसनमा भित्र्याए । यसबीच गिरिजाबाबुको यतै हाइहाइ भयो, उतै जयजय भयो । यसो हुनु मुनासिव थियो । तर नाटकको यो मनोरम र गतिमान दृश्यको पटाक्षेप हुन बेर लागेन । गिरिजाबाबु आफ्नो वर्ग, चिन्तन र संस्कारको प्राचीन औतारतिर फर्किए । राजावादी, कम्युनिस्ट विरोधी र जनविरोधी औतारतिर ! उनलाई पुरानो मायाको याद आयो । अनि उनले सेरेमोनियल राजाको कुरा झिके । तर उनको त्यो पत्रु रहरले गरिखान सकेन । निद्राबाट ब्युँझेको लोकले उनलाई लाजमर्नु हुनेगरी लोप्पा ख्वायो । त्यसपछि उनले भाका फेरेर 'बेबी किङ'को उट्पट्याङ रटना सुरु गरे । हो, राजनीतिमा गिरिजाबाबुको प्रतिगमन यात्राको थालनी यही रहर र यही रटनासँगै भएको हो । गिरिजाबाबुको स्मरणशक्ति सारै छोटो छ । उनी हिजो आफूलाई थुक्नेलाई आज चुम्बन गर्न अघि सर्छन् । सामन्ती राजतन्त्रमुक्त नयाँ नेपालको सपनालाई मूर्तरूप लिन नदिन उनले भाका फेर्दै काखमा बोकेको सेरेमोनियल वा बेबी किङ कुन वंश, कुन वर्ग र कुन मतिका पात्र हुन् ? होलेरी काण्डमा सेनाको लगाम आफ्नो हातमा लिन नदिएर कसैले उनलाई राजनीतिको निरीह जोक्कर बनाएको थियो । त्यो कुन वंशको को थियो ? दरबार हत्याकाण्ड लगत्तै कसैले उनलाई पक्राउ गरी विना सञ्चार सम्पर्क रातभरि पाकेटमाराको भेषमा छाउनीमा खुला आकाशमुनि एक्लै राखेको थियो । त्यो कुन वर्गको को थियो ? वसन्तपुर डबलीमा आफूतिर सङ्गीन सोझ्याएर कसैले उनलाई पाउमा दाम चढाउन विवश तुल्याएको थियो । कुन चरित्रको कुन पात्र थियो त्यो ? माघ १९ को फौजी 'कू'पछि कसैले उनलाई आफ्नै निवासमा पोको पारेर रातोदिन कैद गरेको थियो । कुन मतिको को थियो त्यो ? अनि अहिले उनलाई नभए सासै जालाजस्तो सेरेमोनियल किङ वा बेबी किङ बन्ने पात्र कुन घरानाका, कुन लतका, कुन संस्कृतिका को हुन् ? विनाश कालमा बुद्धि विपरीत भइदिँदा मान्छे मुलाले निकट अतीतको पीडादायी इतिहास भुसुक्कै बिर्सन्छ ! बाबुजीको प्राचीन औतारमा प्रत्यक्ष देखिँदैछ । गिरिजाबाबुको उमेर र स्वास्थ्य शान्ति प्रक्रियामा आलटाल गरी मृतप्रायः राजतन्त्रलाई काँध थाप्ने र लोकतन्त्रलाई शिर उठाउन नदिने निहुँ भएको छ । पदीय दायित्व बहन गर्न सिंहदरबार जान उनलाई स्वास्थ्य र उमेरले घरिघरि छेक्छ । तर अमेरिकी राजदूतावास भवनको उद्घाटन गर्न जान केहीले छेक्दैन । अमेरिकी दूतावास देशभित्रको विदेश हो । उनी त्यहाँ जान्छन् र स्वदेशीको निन्दा र विदेशीको बखान गर्छन् । भनिरहनु परोइन, मोरिआर्टी हाम्रा सैनिक ब्यारेकहरू चहार्दै, हाम्रो आन्तरिक एकता र निर्णय प्रक्रियामा भाँजो हाल्दै, हाम्रा शिरमाथि सेरेमोनियल र बेबी किङ थोपर्दैै हाम्रो भूमिमा न्याय, शान्ति र लोकतन्त्रको उँभौली देख्न नचाहने हस्तक्षेपकारी अमेरिकी दूत हुन् । तिनलाई अँगालो मारेर गिरिजाबाबुले भने, अमेरिका प्रजातन्त्र र मानवअधिकारको प्रवक्ता हो । र मोरिआर्टी महोदयलाई मक्ख पार्न तिनले वाइसीएलको निन्दा गरे । कूटनीतिक मर्यादा नाघेर तिमीले कसैको ढुङ्गोलाई किन झोँक चलायौ महामहिम भनेर सोध्न भने तिनले आँट गरेनन् । वाइसीएल माओवादी ध्वजामुनिको चुल्बुले युवा जत्था हो । र माओवादी हो, सत्तामा गिरिजाबाबुको सहकर्मी र सहयात्री । उनलाई सडकबाट उचालेर प्रधानमन्त्रीको आसनमा बैठाउनमा माओवादीको मनग्ये हात छ । कल-झगडा गर्दै होस् वा प्रेम-संवाद गर्दै, राजनीतिमा माओवादीसँग हातेमालो गरेर यात्रा गर्नुको कुनै विकल्प छैन । कि फेरि युद्ध, नरसंहार र राष्ट्रिय विखण्डन कि संवाद, सहमति, सहकार्य, अखण्ड नेपालको रक्षा र शान्तितिरको सुखद यात्रा । अर्को बाटो के छ ? तर ठाउँ र सन्दर्भको पर्वाहै नगरी विदेशीको बखान र स्वदेशीको निन्दा गरेर गिरिजाबाबुले बरु युद्ध फर्कोस्, रगतको खोलो बगोस्, विनाश र विखण्डनको चित्कारले आकाश चिरियोस्, ख्यामित्लाई खुसी पार्न म कदापि पछि पर्दिन भन्ने सन्देश दिएका छन् । लायक घरमूलीले घरभित्रको विवाद घरभित्रै मिलाउँछ । बुद्धि बिब्ल्याँटो हुनेका के कुरा गर्नु ? गिरिजाबाबु काङ्ग्रेसको मात्र होइन, समस्त राष्ट्रिय राजनीतिको पनि शीर्षक भएका छन् । प्रचण्ड र माधव पाद टिप्पणीमात्र । मन्त्रीमण्डल उनको रबरछापतुल्य छ र संसद भएको छ, यो रबरछापको पनि रबरछाप । यसरी राज्यशक्ति लाटलुट्टै गिरिजाबाबुमा केन्दि्रत हुनु र उनको नरक यात्रा सुरु हुनु डरलाग्दो कुरा हो । शक्तिको मात लागेर होला, उनी राजा ज्ञानेन्द्रझैं अरूका कुरा सुन्न र अरूलाई टेर्न छाडेका छन् । लोक एकमुखले चिच्याउँदै थियो, दरबारलाई एकपैसो भत्ता नदेऊ । तर उनले नागरिकहरूलाई ढाँटेर चोर बाटोबाट एकथैलो रकम टक्र्याए । लोक एकस्वरले भन्दैछ, संवाद र सहमतिबाट मधेसको मुद्दा हल गर । तर उनी पूर्व-पश्चिम मूलबाटोमा बन्दुके जवानहरू कुदाएर मधेसमा आगो झोस्ने सुरमा छन् । लोक भन्दैछ, राजतन्त्रलाई बोक्न छाड, आठ दल मिल, हातेमालो गरेर संविधानसभातिर हिँड । तर गिरिजाबाबुका मनको लचक भने लोकमत र स्वदेशतिर भन्दा राजतन्त्र र विदेशतिर छ । यो कस्तो विडम्बना ! वृद्ध र अशक्त अवस्थाको बहानामा राजनीतिमा जे पनि क्षम्य हुन्छ भन्ठान्नु अतिचार हो । अतिचार विरुद्ध नरकयात्री सामु लोकले समवेत् स्वरमा बोल्न बियाँलो भइसक्यो !
Read Full Discussion Thread for this article