Posted by: world_map July 17, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
हा हा हा! ठूली, दानेले नि तिमीलाइ नै जिस्क्याउने, हरीले नि तिमीलाइ नै जिस्क्याउने, चिप्लेले नि तिमीलाइ नै जिस्क्याउने! अब म मात्र के कम? म नि जिस्क्याउँछु अब! लु, तिम्रोलागि कविता लेखें मैले। खुला गगनमा उडिरहेका जोडि चखेवाहरूलाइ देख्दा म कल्पना गर्छु, के हामी पनि त्यस्तै स्वतन्त्र रूपमा उड्न पाउँछौं एक दिन? हिमाल, पहाड, लेकमा नाचिरहेका डाँफे, मुनाल देख्दा म सोच्ने गर्छु, के हामी पनि त्यस्तै निस्फिक्रि नाच्न पाउँछौं कुनै दिन? हो पाउँछौं, पक्कै पाउँछौं केवल खाँचो छ पर्खाईको शान्त र धैर्यवान् पर्खाईको त्यो दिन अवश्य आउँछ तिम्रा ती नयनमा म अलौकिक तेज देख्छु तिम्रो हरेक पाइलामा चमत्कारिक बेग देख्छु त्यसैले प्रिय, हामीलाई अझै धेरै यात्रा तय गर्नुछ हजारौं कोश सँगै अघि बढ्नुछ एक अर्काको साथमा हामी यो यात्रा शुरू गरौं सधैं सँगै हिंड्ने प्रणका साथ शुभारम्भ गरौं यो कहिल्यै नटुङ्गिने अनन्त यात्रा। यो मैले करीब १ वर्ष अघिको चौतारीबाट लिएको हुँ। हे हे! ठूली, त्यो बेला हाम्रो कस्तो कविता जाँदो रैछ है? मलाइ त ती अंकहरू पढेर हाँसो लाग्यो। कति रमाइला ती दिनहरू! उक्त अंकको लिङ्क - http://sajha.com/sajha/html/openthreadall.cfm?StartRow=41&PageNum=3&forum=271&threadid=34006
Read Full Discussion Thread for this article