Posted by: Rahuldai July 16, 2007
Maoist Contribution to Nepal
Login in to Rate this Post:     0       ?        
Earthsucksdown जी, माओबादी को कारणले मात्र देशको सामन्ती ब्यब्स्थामा आमूल परिवर्तन भएको भन्ने अल्पज्ञान मा हासेको हुं। तर पछिल्लो तपाईको कमेण्टले धेरै हद सम्म हांसो म भएको छ तर अझै पनि धेरै कुरा बुझ्न बाकी छ जस्तो लाग्यो। १- जनआन्दोलन भाग २ माओबादिको नैतिक समर्थनमा सात दलको प्रजातन्त्र पुनर्स्थापनाको आन्दोलन थियो। २- माओबादि पनि २०४७ को संसदमा थिए, त्यति बेला चुनाव जितेरै आएका थिए, अहिले जस्तो फोकटमा आएका थिएनन्। त्यति बेला नै गणतन्त्रको आवाज अहिले जस्तै बुलन्द गर्न सक्थ्यो, सकेन, जनताको मन जिते जे पनि गर्न सकिन्थ्यो। जनताले पत्याएन र जंगल पसे। ३- राजाले बेला न कुबेला कू गरेकोमा भ्रष्ट्र रजनैतिक ब्यबस्थामात्र जिम्मेबार थियो त? जंगलमा बसेर गरेको ध्वंस र हिंसा कारक थिएन र? ४- अझै पनि हतियारको दम्भ सहित माओका सन्तानहरि शहर् गाउँ आतंकित बनाउदैछन्। यहि हो त प्रजातन्त्र माओ को? आफ्नो बिचारसङ असहमत हर कोइ को गला रेट्नु?
Read Full Discussion Thread for this article