Posted by: Rahuldai July 15, 2007
Melamchi, ADB and Hisila Yemi
Login in to Rate this Post:     0       ?        
पहिलो कुरा त मेलाम्चि तुहाउने खेलमा फेल हुनु भयो, हिस्सि न परेकी हिसिला जी। मेलम्चीबाट ए डी बी ले हात झिक्ने चेतावनी दिने बित्तिकै हाम्रा जंगली मन्त्री महोदयले मेलम्चीको बिकल्प खोज्छौ, जसरि भए नि पानी ल्याउछौ तर उक्त ठेकेदारलाई संस्स्थानको ब्यबस्थापन जिम्मा दिदैनौ भनेर त्यही मन्चबाट् बोलेकी थिइन। प्रधान मन्त्री गिरिजाबाबु र अर्थ मन्त्री डा महतको दवाबमा मन्त्रीपरिषदबाटै बैंकलाई पुनर्बिचार गर्न अनुरोध गर्ने निर्णय भएको थियो। अब यसलाई हिसिला को जीत हो कि हार् तपाई आफै छुट्याइनुस्। जीत त तिर्खाएका काठमाडौ बासि को भएको छ। हार तुच्छ स्वार्थमा प्रेरित बिबेकहिन राष्ट्रियताहिन नकचरो हरु को भएको छ। हालै आएको एडीबीको मिशन ले शर्त परिवर्तन बैंकले मात्र गर्न न मिल्ने र संचालक समितिको को निर्णय गर्नु पर्छ भनेको छ। अब रिपोर्टस् क्लबमा आएर यसैलाई मख्ख पर्दै( शायद गल्ती महशुस गर्दै) ग्रीन सिग्नल भन्नु भएको छ। ग्रीन सम्म त भनिहाल्नु हुन्छ हुदैन, हिसिलाले जानुन् तर अझै धेरै बाधाअड्चन् बाकि छ, तिनैका चेला वाइ सी एल बाट्। निजी ब्यब्स्थापनबाट् डराउने कामचोर कर्मचारिबाट्। त्यसै त बिभिन्न बहानामा ढिलाभै सकेको आयोजना अझै ढिला हुदैछ, त्यसमा नि मख्ख परेकी छन्। यो गर्मिको सुख्खा याम अनि चर्को घाममा काकाकुल काठमाडौको पीडा के थाहा हिसिला जीलाई। ३ दिन बिराएर, रातको २ बजे पानी झर्ला कि भनेर धारा कुर्नु र हावामात्र झर्नु को मानसिक यातना जंगलमा बिताएका क्षण भन्दा कम त्रासदिपूर्ण हुदैन, का बाबुराम जी, अनि हिसिलाजी। तै पनि नया नेपालको सपना बेचिरहेछन् र सोझा जनतात्यहि सपना देखेर निदाइरहेकाछन्। अस्तु१
Read Full Discussion Thread for this article