Posted by: no_quiero July 15, 2007
Maoist Contribution to Nepal
Login in to Rate this Post:     0       ?        
माओवादी निमुखाहरुको हितको लागी भन्दै चिच्याउदै हिडीरहन्छ तर साथीहरु हो वास्तवीकता त्यो भन्दा फरक छ भयावह कहालीलाग्दो छ । एकातिर राज्य माओवादी सेना पाल्नको लागी राज्य बजेट निकासा गर्छ अर्कोतिर माओवादी चन्दा असुली गरीरहन्छ । राजा ज्ञानेन्द्रेलाइ तानाशाही भन्छ तर आफै तानाशाही बनीरहन्छ । उसलाइ समर्थन नगर्ने जति सबै प्रतिगामी यो कस्तो राज्य हो । कानुन बनाउने ठाउमा आफै छ, तर वाइसियलनामी झुण्डको निर्माण गरेर आफै कानुनको रखवाला झै भौतिक र नैतिक कार्वाही गर्दै हिड्छ । स्थानीय निकायमा वितण्डा मच्चाएको छ । राज्यको ढुकुटी खुलेयाम हसुरेको हसुरै छ के यो राज्य र राज्यको ढुकुटी माओवादीको पुर्ख्यौली सम्पत्ति हो अरु पार्टीहरुको पेवा हो । राजनैतिक दलको सिफारीस विना दैवी प्रकोपमा परेकालाइ समेत उद्धार नहुने देशमा साथीहरु हो के कल्पना गर्ने अनि कुनै पार्टीको समर्थन विना पनि बाच्नै नपाउने हो त । हिजो सम्म को हिन्दु को मुस्लीम को तराइवासी को पहाडीया हामी सबै नेपाली थियौ तर आज हाम्रो आमाको शरीर भागलागेको छ । भाइचारा सकिएको छ । प्रश्न यो पनि छ हो राजा ज्ञानेन्द्रे तानशाही हो र उसको विरोध गरीनुपर्छ, यसो गर्दा हामी बाँच्न पाएका छो के माओवादीका प्रचण्ड र बाबुराम जीहरुको विरोध गरेर चाही यो देशमा बाँच्नै नपाउने उनीहरुको अमानवीय र घृणीत कामहरुको विरोध गर्नै नपाउने त त्यसैले लुट्न कुट्न, मार्न र शत्रु साधन गर्ने भाडो भएको छ यो, माओवादीले वाटो विराएको छ । जुन मोडमा उ आफु पुगेका छ र देशलाइ धकेलेको छ उ कहिल्यै फर्कन सक्ने छैन
Read Full Discussion Thread for this article