Posted by: CaMoFLaGeD July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
कमर्सियल ब्रेक पछि फेरि स्वागत छ प्यार स्रोता महानुभावहरु। अघि भने जस्तै आज कुम्ले सङ बसेर कफि पिउनको लागि आउनु भएको छ हाम्रा चौतारीका आदरणिय सदस्य, चौतारी ताररम्पम अन्तरबार्ता का संचालक श्री बिर्खे माइला ज्यु उर्फ जिम्माल बा! उहाँलाई धेरै ले माया गरेर मामा, हजुरबा पनि भनेर बोलाउछन्। जोरदार तालीले स्वागत गरौँ जिम्माल बा लाई!! संवाददाता: नमस्ते जिम्माल बा! सन्चै हुनुहुन्छ? जिम्माल बा: नमस्ते कुम्ले बाउ! सन्चै भन्न परो! तो अलि अलि नली खुट्टो दुखेओ छ, जिम्माल्नीले चाइन्जो बेलुका मालिस अर्छे अन्खेरुन ओखती खुआउँछे त्यसैले धानेओ छ। संवददाता: हजुरलाई आजको कार्यक्रममा स्वागत छ। अब आजका अरु पाहुनाहरुलाई नि निम्त्याउनु पर्यो। जिम्माल बा: स्वाउत अरे मुइँले नि। हन क्यार्न त्यस्ता नउचराहरुलाई बोलायौ हँ कुम्ले? हाउँरो उमेरकाहरुलाई बोलाओ भए राउँरो हुन्तो। संवातदाता: हुन त हो जिम्माल बा! तर स्रोताहरुले निकै पत्र पठाउनु भयो उहाँहरुलाई बोलाउनु पर्यो भनेर। हजुरलेपनि अन्तरबार्तामा उहाँहरुलाई बोलाउनुहुन्छ भन्ने सबैले आसा गरेका रहेछन्। जिम्माल बा: चाइन्जो क्यार्न बोलाउथेँ ति उरेन्ठेउलाहरुलाई? चौतारीमा चाइन्जो अरु बोल्न सउने मानिस छैनन्? संवातदाता: ल जिम्माल बा! अरु कुरो त्यस्तै हो, तिनीहरुका अगाडी अलि राम्रै भएर हाँसी हाँसी बोलिदिनुस् न, भित्र मन जस्तो भएपनि। जिम्माल बा: अब बोल्नै परो नि। चाइन्जो तिउँरो कार्जेक्रममा बोलायौ! तिउँरा पाउना हुन्, भलाद्मी भएर बोलेछन् भुने राउँरै संअ बोलौला। क्यार्न जोरी खोज्थेँ यो बुढेसकालाँ? संवाददाता: त स्रोता महानुभावहरु! यहाँहरु को प्रतिक्ष्याको घडी समाप्त भएको छ। अब हामी ति दुई पाहुनाहरुलाई यहाँ निम्त्याउदै छौँ, तर यो कफि ब्रेकपछि। एकैछिन् कफि ब्रेक!! जिम्माल: गज्जब को कार्जेक्रम गरेउ कुम्ले! कफि ब्रेउक गरेउ, यो बुढोलाई एउटो कफि खुवाएनौ। संवाददाता: हत्तेरिका! ए जिम्माल बा लाई कफि ल्याओ!! कमर्सियल ब्रेक पछि फेरि स्वागत छ स्रोता महानुभावहरु! अब हामी आजका अरु पाहुनाहरुलाई बोलाउन चाहन्छौँ। जिम्माल बा, हजुरले बोलाउने हो कि? जिम्माल बा: फेरी मै बुढोमुन्छेलाई काम लाउछ यो कुम्लेपनि। लु मै भनौँला, सोर्ता मानुबाउ हुर, चाइन्जो हाउँरो कुम्ले सँअ बसेर कफि पिउन आउदैछन् हाउँरो चौतारिको अल्लारे ठिटो, बोल्दा त्यो के जाती भुँडी भित्रओ आन्द्राँ'टै सलाउँ ठोउने हाउँरो कुम्लेओ प्यारो, निशे संवाददाता: स्वागत गरौँ चौतारीका हिरो, दादा, अनि मेरो जिगरी दोस्त निशान्त थापा ज्युलाई। निशान्त: आँsssच कुम्स पाट बबाsssल इन्टरभियु लिनु लागेछन्त! मो त अड्डामै थियो कि, अन्त नोर्बुले पो सम्झायोन्त आजु एफ एममा खोक्स दिनु जानु पर्दैन भनेर। त्यै भएर फास्ट आकोन्त। फिरी बाहिर त त्यो झारेपनि बसिराको छन्त उसलाईपनि बोलाको? ल फिरी जिम्स सुड्डापनि यहिँ? आम्बोsss! मोलाई लाsssस्ट र्याग हान्नु सोचेको हो तिमीले? संवाददाता: ल निशान्त पाट तिमी यो कुर्सीमा बस है। अब हाम्रो अर्को पाहुनालाई बोलाउने काम तिम्रो। निशान्त: लौ फिरी के भन्छ हो! आबो मोइले बोलाउने त्यो तोर्पेलाई? लु लु आबो तिमी जिगरी दोस्त होन्त त्यहि भएर बोलाइदिन्छु है त! ... मेरो भोइस सुनेर सिक भइराको सबै चिक्सहरु अन्त लास्ट टेन्स भइराको झारेहरु सबैलाई आन्द्रैsss देखि नमस्ते ठोकेँ ल। आबो काम लगाइहाल्यो कि हाम्रो कुम्स पाटले त्यहि भएर मो आजुको अर्को पाहुनालाई बोलाइहाल्छु है त! जिम्माल बा: हन! चाइन्जो चाँडो बोलाम्न परो निशे! क्यार्न यस्तो ढिलो गरेओ? निशान्त: आबो हामी सङै बस्नु अनि खोक्नुलाई आउदैछ मेरो ट्याब्स सप्लायर, जिम्स सुड्डालाई सान्डेको तेल सप्लायर अन्त सब चौतारीलाई बबाल बबाल गीत सप्लायर, चौतारीको कम्पाउन्डर मदनवा!! संवातदाता: स्वागत गरौँ हाम्रा चौतारीका कम्पाउन्डर मदनवालाई! मदनवा: हमि चौतारी अन्तरबार्ता मे आएछु लरकि पट्टाउने एगो चान्स पाएछु जे राम जि कि। संवाददाता: स्रोता महानुभावहरु, हाम्रा सबै पाहुनाहरु आइसक्नु भएको छ, अब हामी उहाँहरु सङ बार्ता गर्ने छौँ तर त्यो भन्दा पहिले यो सानो कमर्सियल ब्रेक!
Read Full Discussion Thread for this article