Posted by: CaMoFLaGeD July 13, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
आदरणिय स्रोता महानुभावहरु, हामीले गत हफ्ता भनेजस्तै एक हफ्ता भरिका "चौतारी ताररम्पम अन्तरबार्ता" मा आउनुहुने पाहुनाहरुलाई एकै मन्चमा ल्याएर उहाँहरुका अनुभवहरु बटुल्ने प्रयास गर्ने छौँ भनेर। "चौतारी ताररम्पम अन्तरबार्ता" यत्ति पपुलर भयो कि यस कार्यक्रम सन्चालक आफैँ निकै ब्यस्त हुनुभयो। उहाँले यसपाली अन्तरबार्ता लिनै पाउनु भएन। त्यहि भएर हामीले यसपाली उक्त कार्यक्रमका सन्चालक बिर्खे माइला ज्यु अथवा हाम्रा प्यारा जिम्माल बा लाई यस कार्यक्रममा बोलाएका छौ। त्यस बाहेक हामीले अरु दुईजना पाहुनाहरुलाईपनि निम्त्याएका छौँ। उहाँहरु को को हुनुहुन्छ भन्ने कुरा हामी यहाँहरुलाई एकैछिनमा भन्ने छौँ। अहिलेलाई यत्ति भनौ कि उहाँहरु नहुनुभएको भए यो चौतारी रंग बिनाको होली, स्वर बिनाको कोइली हुन्थ्यो। हो हामी उहाँ दुईजनालाई निम्त्याउदै छौँ यस कार्यक्रममा। अब तपाईँहरुलाई लाग्न सक्छ आज सन्चालकले किन कार्यक्रमको नाम भनि रहेको छैन भनेर। हजुर मैले आज कार्यक्रमको नाम भनिरहेको छुइन। यसमा के कारण होला भनेर तपाईहरुले एकैछिनमा थाहा पाउनु हुनेछ। जस्ले पहिलेको कार्यक्रम सुन्नु भयो उहाँहरुले अनुमान लगाइसक्नु भयो होला। हो! हजुर हरुको अनुमान सहि छ। हामीले हाम्रो कार्यक्रमको नाम परिवर्तन गरेका छौँ। राहुलदाईले रुबरूलाई रु-मोरु भन्नु भएको र मिसले आधि कार्यक्रममै छोडेर जानु भएको ले यसपाली हामीले पाहुनाहरुलाई लोभ्याउने प्रयास गरेका छौँ। हैन हैन! उहाँहरुले पैसा पाउनुहुने छैन। पैसा हामी खर्छ गर्दैनौ, जत्ति सक्यो कुम्ल्याउछौ, पाहुनाहरुको बानी बिगार्दैनौ। यसपाली हामी पाहुनाहरुलाई तातो तातो मिठो मिठो कफी खुवाउनेछौ अन्तरबार्ताको बेलामा। त्यहि भएर आजको हाम्रो कार्यक्रमको नाम हुनेछ "कफी विथ कुम्ले" !! स्वागत छ यहाँहरुलाई कफी विथ कुम्लेमा! आजका पाहुना हाम्रा जिम्माल बा हुनुहुन्छ अनि अरु दुईजना यस्ता ब्यक्तित्व हुनुहुन्छ जस्को म अहिले बयान गर्न सक्दिन। किन भने अहिले कमर्सियल ब्रेक को बेला भएको छ। एकैछिन कमर्सियल ब्रेक!!
Read Full Discussion Thread for this article