Posted by: Birkhe_Maila July 12, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
सान्नानि – “ हेलो, ….हेलो…?” बिर्खै – “हिल्लोsssss…., हउर…. हिल्लोsss…(स्वाँsss)…. हिल्लोsss…” सान्नानि- “ हेलो….हजुर नमस्कार, फर्माइसि गित कार्यक्रममा” बिर्खै- “हिल्लोsssss हिल्लोsss… हउर हिल्लोsss…(स्वाँsss) सान्नानि- “ हेलो?? सुन्नुभएन? नमस्कार छ फर्माइसि गित कार्यक्रममा” बिर्खै- “ हिल्लोsss.. यो काँ परो?... (स्वाँsss) यो काँ परो?...” सान्नानि- “यो फर्माइसि गित कार्यक्रम पर्यो, हजुर कहाँ बाट को बोल्नुभएको? बिर्खे – “हिल्लोsss.?? यो गित फुरमाइस अर्ने रिडिओ हो? हिल्लोss?” सान्नानि- “ हजुर गित फर्माइस गर्ने कार्यक्रम नै हो। हजुर कहाँ बाट को बोल्नुभएको?” बिर्खे- “ हउरss? म बिर्खे माइला बोलेको। चौतारि गाउँको जिम्माल क्या त। हिल्लोss?” सान्नानि- (“ ह्या बुढाले यहाँ फोन गर्न भ्याएछन अब के गर्न थाल्नु?”) “ हजुर बिर्खे जि भन्नुस कस्तो चल्दैछ दिनचर्या?” बिर्खे- “ त्याँ हाउँरि सान्नानि बोल्छे भन्तो ग्वाँचेले तेइभ’र बात नि मारुम गिद नि सुनुम भनेर भाउते बजियालाई भनेर फुन लाको, नानि हाउँरि सान्नानिलाई देऊ त!” सान्नानि- (“हरे अन एअरमा बुढाले नाम लिन्छन”) हँ त बिर्खे जि यहाँलाई कुन गित ले स्वागत गरौँ?” बिर्खै- “ भखर छोरि पा’कि चाइन्जो बेथा बिराम नसोधेओ नि जुग भओ भुनेर नि नानि, स्वाउत अरे है नानि मुइँले नि। हाउँरि सान्नानि छैनन् भनेसि??” सान्नानि- “ बिर्खै जि हजुरले भन्नुभएको सान्नानि यहाँ छैनन् त भन्नुहोस कुन गित सुन्नुहुन्छ?” बिर्खै- “ सान्नानि छैनिन रे?? छे होलि, नानिले चिनेनौ बरु, तो भर्खर छोरि पा’ कि नानि क्या, अलि छोटि छोटि मोटि मोटि छे, गालाँ कालो कोठि भ’ कि के?” सान्नानि- ( ‘ यिनि बुढालाई नलखेटि भएन बा!”) “ हजुर बिर्खेजि हजुरले बोलेको सबैले रेडियोमा सुनिरहनु भएको छ” बिर्खे- “ (दङ्ग पर्दै) “हन के भन्छिन यिनि नानि? म बोलेओ रिडियाँ सुनिन्छ रे?” सान्नानि- “ हो नि बिर्खे जि सुनिन्छ, जस्तो तपाइँले रेडियो खोल्दा अरुले फोन गरेको र गित अनुरोध गरेको सुन्नुहुनथ्यो त्यस्तै अहिले हजुरले बोलेको अरुले सुनिरहेका छन्।“ बिर्खै – “ ए रात्तै! हो र भन्या?” “ लु उसो भा मेरो नि डेढि खेत अर्देऊ त बा?” सान्नानि- “ डेढि खेत रे?” बिर्खे – “ हो नानि तो सपैले फुन अरेर गर्छन नि डेढि खेत चिनेजानेओ सपैको नाउँ भन्छन अन्खेरुन बल्ल गिद बज्छ नि?” सान्नानि- “ हाहाहा डेडिकेट भन्नुभएको होला बिर्खैजीले हाहाह” बिर्खै- “ हो हो तेइ डेढि खेत अर्देउ त बा!” सान्नानि- “ ल भन्नुहोस कसलाई डेडिकेट गर्न चाहनुहुन्छ गित?” बिर्खै- “ हेरि तो हाउँरो सानि नातिनी तितौरी कता हिनिँ कता तेल्लाई डेढिखेत हर्देउ त बा!” सान्नानि- “ ल त बिर्खे जि सुन्नुहोस यो गित, हामिलाई फोन अर्नु भएकोमा धन्यवाद्” ( म माहुरि हुँ राधा….तिमि आँफ मन्जरी हौ….) बिर्खे – “ साँच्चि एउडा कुरो सोधुम भन्या….…(स्वाँsss)…. हिल्लो!...हिल्लो!....लु काटिएर मरेछ!...भाउतेssss! ए भाउते! भाउते होsss ! कता अन्मरियो मोरो फेरि। फुन बिउरिओ नारन! कुरो अर्दै थेँ फुन बिउरिओ!! हरिशरणम्!!
Read Full Discussion Thread for this article