Posted by: Rahuldai July 12, 2007
Login in to Rate this Post:
0
?
माओबादिको योगदान् बिकासमा हो वा बिनाशमा, निकै नै छ , कुनै शंका छैन। पार्टिको चस्मा फुकालेर आम जनताको चक्षुले हर्ने भए बिनाशको ताण्डब नाच बाहेक केहि देख्नु हुने छैन। अझ सगौरब भाषण गर्न मात्र बाकी छ, पोलपोटले कम्बोडियामा २० लाख निर्दोष मारेका थिए, हमीले मात्र २० हजार् पनि पुर्याउन सकेनौ भनेर। कामेरेड माओ ले सांस्क्रितिक क्रान्ति पछि ७० लाख जनताको चिहान खनेका हुन् र आजको एकाइसौं शताब्दिमा पनि अझै जिउदा छन्, माओका नवसंसकरणहरु।
काम्रेड बाबुराम् भट्टराइकै भनाइ मा पनि राजा बीरेन्द्रसङ कार्यगत एकता भएको अन्दोलन जनताको उन्मुक्तिको लागि हुन सक्ला र? राजतन्त्र फाल्ने अझ संसदबाटै गणतन्त्र फलाक्नु पर्ने चर्को माग गर्नेहरु राजासङ सहकार्य गर्छन त। प्रजातन्त्र र स्वतन्त्रता माओबादिको एजेण्डा कहिलेइ थिएन र हुन सक्दैन। बन्दूकको भर् मा एकदलिय तानशाहि ब्यबस्था नै अन्तिम् लक्ष हुन् तिनका। मित्र महोदय, कहाँ कुन देश मा नगरिकहरुले मौलिक हक भोग चलन् गर्न पाएका छन्, माओका सन्तानहरुले राज चलाएको देशमा?
चिनमा? अहं, एक शब्द सरकार र कम्युनिष्ट पार्टिको खिलाफ बोल्नु पाउन हुन्न। क्युबामा? लिबियामा?
आर्थिक बिकासको उच्चतम बिन्दूमा भनिएको चिनको कम्युनिष्ट सरकारको सक्कलि रुप कस्ले देखेको छ। उत्तर पस्चिम चिनमा अझै भोकमरिले हजारौं मान्छे मरि रहेकाछन्। ७५ करोड मान्छेहरुले खानेपानी र सरसफाई पाएकाछैनन्। बेइजिङ्, साँघाइ, ग्वाँचाउ, आदिको बिकास ले युरोप र अंेरिका लाई बिर्साउने भए नि करोडौं जनताले यावत सुबिधा पाएकाछैनन्, हातमुख जोड्न युग्द गरि राखेकाछन। उत्तर् पश्चिम चिनला ७० प्रतिशत जनता गरिबीका रेखा मुनि कष्टकर् जीवन भोगिराखेका छन्। यस्तो हुन्छ, काम्रेड माओका सन्तानहरुको देखाउने र चपाउने दाँत।
त्यति मात्र होइन, आर्थिक प्रगतिको सूचक भयंकर देखाइेको छ, स्वतन्त्ररुमा पुष्टि गर्ने कुनै संयन्त्र छैन। जे दियो सरकारले त्यहि मानु सिवाए। वातबरण बिनाश कत्ति को भएको छ, मजदूर् शोषण कति को भाको छ, बिचरा हाम्रो देशको मजदूर् हरु तिनकै लालिपोपमा मजदूरको क्रान्ति खोजिरहेकाछन्। के थाहा, संसार भर् कै सबै भन्दा जोखिम देश उनकै माइबापको भनेर।
भारतको उदाहरण लेउं। सन १९७० भन्दा पहिला पश्चिम बंगाल भारतकै दोस्रो ठुलो आर्थिक केन्द्र थियो। सिनेमा उद्योग त्यहि थिए, बन्द ब्यापरको केन्द्र नै थिए। तर माओका नव संस्करणहरुले १९७० देखि हाल् सम्म अनवरत एक् छत्र राज गरि राखेका छन् र अहिले बंगालको स्थान पुछारको छैठौं मा छ। सिनेमा उद्योग मुम्बै सरे, कलकारखाना अन्तै सरे। पहिला जति गरीब थिए आज तिनको संख्या १० गुणाले बढे।
के थिएन, त्यहाँ? राजनैतिक स्थिरता? ज्योति बसुले मात्र ३३ बर्ष एक्लैले चलाए। अझै पनि कोहो मन्त्री त ३० बर्ष देखि एकै मन्त्रालय सम्हाल्दै आएकाछन्। समुन्द्र र बन्दरगाह्, अंग्रेजले बनाइ दिएको आधारभुत संरचनाहरु सबै थिए। तै पनि सबै पलायन भए। किन कि गरीबको नाममा राजनितिगर्ने ढोंगिहरुले जनतालाई गरीब बाट् झन गरीब मात्र बनाउने छन्, नत्र जनता जागे भने, संब्रिद्ध भए भने, तिनलाई भोट हाल्ने को बाकि हुन्छ र?
अझै पनि हाम्रा देशका गरीब जनताहरु, यिनै राजनैतिक नौटंकीबाजहरुले देखाएको नक्कली सपनामा रमाइ रहेकाछन्। बुझ्नेलाई श्रीखण्ड, न बुझ्नेलाई खुर्पाको बींड। तारेमाम, अस्तु!>