Posted by: MR_TRUTH July 11, 2007
Romantic Places in and around KTM
Login in to Rate this Post:     0       ?        
अश्लील कार्य गर्नेको तस्वीर र्सार्वजनिक गरिने ईश्वरराज ढकाल(काठमाडौं)हनुमानढोका दरबारक्षेत्रभित्र अनैतिक क्रियाकलाप बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले त्यस्ता क्रियाकलापमा संलग्न युवायुवतीको फोटो खिची र्सार्वजनिक गर्ने भएको छ। विगत तीन वर्षघिदेखि दरबारक्षेत्रमा अनैतिक क्रियाकलाप गर्ने युवायुवतीको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ। पटकपटक मौखिक सूचना गर्दासमेत नमानेपछि कामपा हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमले फोटो खिची र्सार्वजनिक गर्ने घोषणा गरेको हो। दरबारक्षेत्रमा रात्रिपसल राख्न थालेपछि उच्छृङ्खल क्रियाकलाप बढ्दै गएको हो। ँसाँझ पर्नेबित्तिकै युवायुवतीको घुइँचो लाग्न थाल्छ, कतिपय स्थानमा अश्लील क्रियाकलाप गर्न थाल्छन्’, हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रमप्रमुख राजु श्रेष्ठले नेपाल समाचारपत्रसँग भने- ँअनैतिक क्रियाकलाप नगर्न सूचना गर्दासमेत ती युवायुवतीले सूचना फाल्ने गरेका छन्।’ युवायुवतीको अश्लील क्रियाकलापले गर्दा बेलुकी दरबारक्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यासमेत घट्न थालेको छ।र्सार्वजनिक समारोह गर्न प्रतिबन्ध यसैबीच काठमाडौं महानगरपालिकाले दरबारक्षेत्रभित्र कुनै पनि र्सार्वजनिक सभासमारोह गर्न प्रतिबन्ध लगाएको छ। र्सार्वजनिक सभासमारोह गर्दा सम्पदाक्षेत्रमा क्षति पुग्ने र पर्यटकलाई समेत असुविधा पुग्ने भएकाले रोक लगाइएको बताइएको छ। तर परम्परागत रूपमा सञ्चालन हुँदै आएका धार्मिक एवम् सांस्कृतिक कार्यक्रममा भने रोक लगाइएको छैन।
Read Full Discussion Thread for this article