Posted by: Birkhe_Maila July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाईको स्टाइलमा बोल्ने तरिका- :) १) कुनै वाक्य लिनुहोस। उदाहरणको लागि: "कुरा बुझ्ने मान्छेले बुझे पनि नबुझ्नेलाई अप्ठ्यारो पर्यो"। २) माथिको शब्दलाई दुई वाक्यमा सरल बनाउनुहोस। " कुरा बुझ्नेले बुझ्यो।""कुरा नबुझ्नेलाई गाह्रो पर्यो"। 'अप्ठ्यारो'को सट्टामा 'गाह्रो' प्रयोग गर्दा कम अक्षर भए पुग्छ। ३) अब पहिलाको वाक्य जस्ताको तस्तै लेख्नुहोस तर पछिल्लो वाक्य घुमाउनुहोस रमाइलो तरिकाले। "कुरा बुझ्नेले बुझ्यो" "कुरा नबुझ्नेको टाउको घुम्यो" ४) दुबै वाक्यमा दोहोरिएको शब्द "कुरा" लाई हटाउनुहोस र बिचमा कमा थपेर एउटै वाक्य बनाउनुहोस। " बुझ्नेले बुझ्यो, नबुझ्नेको टाउको घुम्यो्" ५) अन्तयमा तारेमाम थपेर पुर्णविराम दिनुहोस। "बुझ्नेले बुझ्यो, नबुझ्नेको टाउको घुम्यो, तारेमाम्।"
Read Full Discussion Thread for this article