Posted by: Madness July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
अनि कुमलवा एक दिन बैङ्क गएछ। डलर साट्न लाइनमा बसेछ। तर लाइनको बिच बिचमा मान्छे छिर्दै जाँदा कुमलवाको कहिले पानि पालो आएनछ। लाइन मिचेर ढडाढड् अगाडि बढेपछि बल्ल पालो आएछ। डलर साटेर रुपियाँले ब्याग भरेछ। अनि बाहिर निस्कने बेलामा ढोका खोलेछ। पछि पछि एक जना अत्यन्तै सुन्दर केटि पनि बाहिर आउन लागेकि रहिछ। कुमलवा बाहिर निस्केर ढोका समातेर बसिदिएछ। केटि अचम्म मान्दै खुल्ला ढोकाबाट बाहिर आइछ। केटिको पछि पछि आउने भुसतिघ्रेले भने कुमलवालाई आँखा तरेछ।
Read Full Discussion Thread for this article