Posted by: chanaa_tarkaari July 11, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
ओहो कति राम्रो, रातो इट्टाको बस्तिहरु माथि प्लेनको झ्यालबाट नियाल्दा यामे दङ्ग पर्दै थियो । प्लेन ल्याण्डिङ गर्नु अगाडि नै झ्यालबाट हामफालेर पुगुँ जस्तो । प्लेन ल्याण्ड भयो, निस्कन हतार भयो, हत्तपत्त उठेर ह्याण्डब्याग सम्हालेपछि ढोकातिर आँखा दौडायो, अझै ढोका खुलेको रहेनछ । तर ढोकाको छेउमा हूल बाँधेका नेपालीलाइ देखेपछि अलि दिक्क लाग्यो, नेपालीले लाइनमा बस्न किन जान्दैन ? हुलमुल किन गर्नु पर्ने ? एकैछिनमा एअरपोर्ट छिचोलेर निस्कन्छ, यामेको सुटकेश तान्नेहरु तँछाडमछाड गर्छन । भो भो पर्दैन भन्दै भिनाजुले ल्याएको गाडिमा चढेर दङ्ग पर्दै घरतिर लाग्छन । झ्यालको सिसा खोलेर हावा खान खोज्नासाथ धुलो र धुँवाको मुस्लोले आक्रमण गरिहाल्यो, यामेले नाक खुम्च्यायो । नाक भित्रै खुजुलि भए पनि हाच्छ्यु आएन । बाटोमा हेर्यो, ओहोओहो कस्तरी बाटो काटेको मान्छेले ? रातो बत्ति हरियो बत्ति छु मतलब । यसो पर आँखा डुलायो, ड्रममा पाकिरहेको म:म: बाहिरै उभेर कसरी खान सकेका होलान जस्तो लाग्यो । केहि दिनमै सबै ठीकठाक लाग्छ यामेलाइ । आज त आफै पनि ड्रमको म:म: चाखेर दंङ्ग परेर फर्केको छ । मोटरसाइकललाइ गल्ली गल्लीमा मान्छे छल्दै कुदाउन मज्जा आउन थाल्यो । मनकामना र दक्षिणकाली गएर प्राकृतिक रसस्वादन पनि गरिहाल्यो । बाटोमा देखा परेका एक दुइ ठिटिलाइ जिस्काउने सुर थियो, तर किन किन जिस्काउने जाँगर नै चलेन । फर्किने दिन नजिक आउँदा फर्किन मन लागेन । तर नफर्कि सुख पनि थिएन । त्यत्तिकैमा झल्याँस्स चौतारी याद आयो । लौ चौतारीमा केहि लग्देन भने त मार्छन सबले । त्यसैले हतारमा तितौरा पसल तिर पुग्यो । चौतारीमा आएर तितौरा सबैको अगाडि राख्दियो । ठुलीले आफ्नो लामो हातको फाइदा उठाउदै तितौरा झ्याप पारी हालि । फेरि अरुले बात लगाउला भनेर सान्नानी र तितौरीको भाग पनि छुट्याइ । अनि अरु केटाहरु हाम्लाइ खै त कोसेलि भन्दै हल्ला गर्न थाले । राति बसेर एक्लै खाम्ला भनेर लुका'र ल्याएको जोनिलेबर अगाडि नराख्देसम्म आरामले बस्नै देनन । जोनि लेबर मा तितौरा चोपेर खान पाएसिन दङ्ग पर्दै नाच्न थाले । । लु हेरम फुटा
Read Full Discussion Thread for this article