Posted by: deshbhaktanepali July 10, 2007
Sad Reality of Nepal
Login in to Rate this Post:     0       ?        
तीन सातामा तीन दिन खुला सरस्वती कार्की मोरङ, असार २५ - असारको तीन सातामा पूर्वी मधेस तीन दिनमात्र खुलेको छ । विभिन्न समूहले आ-आफ्ना माग राख्दै १८ दिन बन्द गरिसकेका छन् । तराई जनतान्त्रिक मोर्चा -विस्फोट सिंह) समूहको आह्वानमा सोमबार पनि यो क्षेत्र बन्द भएको छ । बन्दले उद्योग, यातायात र कृषिमा करोडौंको क्षति भएको छ । विभिन्न समूहले कार्यकर्ता रिहाको माग, हत्या, कुटपिट, अपहरण, तोडफोड र दुर्घटनाको विरोधमा बन्द आह्वान गरेका हुन् । केहीले त अरू संगठनको बन्द विरोधमा समेत बन्द गरेका हुन् । बन्द गर्नेहरूमा माओवादी, जनतान्त्रिक तराई मुक्तिमोर्चा -ज्वाला), गोइत समूह, मधेसी जनअधिकार फोरम, विस्फोट सिंह, आदिवासी जनजाति महासंघ, चुरे भावर, ट्रक-ट्यांकर व्यवसायी, कर्मचारी र सर्वसाधारणलगायत छन् । बन्दले सप्तरी, सिरहा, महोत्तरी, रौतहट, सर्लाही र जनकपुर जिल्लाको जनजीवन नराम्ररी प्रभावित भएको छ । मोरङको विराटनगर, रंगेली तथा दक्षिणी भागमा बढी प्रभाव परेको छ । सुनसरीको दुहबी, इनरुवा, झुम्का पनि प्रभावित भएको छ । सुनसरीका ठूला सहर धरान, इटहरी जनजाति आदिवासीले गरेको बन्दले बढी प्रभावित हुने गरेको छ । सुनसरीमा भरतमोहन अधिकारीको गाडीमा आगजनी गर्नेलाई पक्राउ गर्दा रिहाइको माग गर्दै मधेसी जनअधिकार फोरम, गोइत, आदिवासी जनजातिको भ्रातृ संगठन विद्यार्थी, ट्रक व्यवसायीले गरी असारमा १८ दिन बन्द गरे । मोरङमा माओवादी, जनअधिकार फोरम, ट्रक व्यवसायीले गरी १३ दिन बन्द भएको छ । माओवादीले कुटपिट गरेको विरोधमा व्यापारी, नयाँ संगठनको पहिचान गर्न विस्फोट सिंह र ट्रक व्यवसायीले गरी सप्तरीमा १५ दिन बन्द भयो । सिरहा र महोत्तरीमा पनि सोही समूह र संगठनहरूले बन्द गरे । सर्लाहीमा १३ दिन बन्द भएको छ । रौतहटमा ज्वाला सिंह, माओवादी, ट्रक व्यवसायी, विस्फोट सिंहले गरी १० दिन बन्द भयो । विस्फोट, आदिवासी र ट्रक व्यवसायीको बन्द यसपटक जुधेको थियो । बन्दले सबैभन्दा बढी प्रभाव यातायात क्षेत्रमा परेको छ । कतिपय स्थानमा यातायात बन्द भए पनि बजार सामान्य रूपले खुलेका थिए । बन्दको प्रभाव झापामा भने केही कम रहेको उद्योग वाणिज्य संघ झापाका अध्यक्ष राजेन्द्र घिमिरेले जनाए । 'हामी ७० वटा संघ, संगठन, पार्टी, व्यवसायीहरूले झापा बन्द नगर्ने माघमै घोषणा गरेका थियौं,' बन्दको घोषणा गर्नेबित्तिकै बन्द नगर्न पुन समन्वय गर्ने उल्लेख गर्दै घिमिरेले भने- 'झापामा ठ्याप्पै बन्द भएको छैन कहिलेकाहीँ आंशिक प्रभाव परेको छ ।' उद्योग, कृषि र शिक्षण संस्थाहरू बन्दले ज्यादा प्रभावित छन् । पूर्वी नेपाल यातायात व्यवसायी संघका महासचिव गोपाल कार्कीका अनुसार बस र माइक्रो बसलाई एक दिनको मधेस बन्दमा १ करोड २१ लाख रुपैयाँभन्दा बढी घाटा हुने गरेको छ । बन्दले प्रतिदिन ६० हजार यात्रुहरूलाई प्रत्यक्ष असर पार्ने गरेको छ । एक दिनको मधेस बन्दमा ट्रक व्यवसायीहरूले ८० लाखभन्दा बढी घाटा बेहोर्नुपरेको मेची-कोसी ट्रक व्यवसायी संघका अध्यक्ष टीकाबहादुर खडकाले बताए । बन्दकर्ताले यातायात र मालवाहक साधनहरू जलाएका र तोडफोडको क्षति छुट्टै छ । बन्दमा यातायात चलाएको भन्दै कतिपय अवस्थामा बन्दकर्तालाई पैसा पनि दिने गरेका छन् । एक दिन मधेस बन्दले व्यापार र उद्योग क्षेत्रमा १० करोड नोक्सान हुने उद्योग संगठन मोरङका कार्यवाहक सचिव सोमनाथ अधिकारीले बताए । आँप उत्पादन हुने सप्तरी, सिरहा, महोत्तरीलगायत जिल्लामा आँप व्यवसायी बढी प्रभावित छन् । 'बन्दले मेरो डेढ लाखको आँप खेर गयो,' जेठ र असार बेच्ने सिजन भएको उल्लेख गर्दै खुद्रा व्यापारी सप्तरी रूपनगरका मोहमद सकिमले गुनासो गर्दै भने । बन्दले बजार लान नपाएपछि दुईवटा बगैंचाको आँप सडेर गएको अर्का व्यापारी सप्तरी कञ्चनपुरका बुधुर मण्डलले बताए । शैक्षिक क्षेत्रलाई समेत यसले प्रत्यक्ष असर पारेको छ । 'एक महिनामा २५ दिन पढाइ हुनुपर्ने हो,' हरिभवन माध्यमिक विद्यालय भरहिया सर्लाहीका प्रधानाध्यापक मेघराज कोइरालाले भने । पूर्वी मधेसको बन्द सूची सुनसरी गोइत २ दिन ज्वाला सिंह ३ दिन आदिवासी जनजाति ३ दिन फोरम ४ दिन माओवादी ६ दिन मोरङ फोरम ३ दिन माओवादी २ दिन ट्रक व्यवसायी ६ दिन आदिवासी जनजाति महासंघ ३ दिन सप्तरी माओवादी ५ दिन ट्रक व्यवसायी र व्यापारी १० दिन सर्लाही माओवादी ५ दिन चुरे भावर १ दिन वाईसीएल २ दिन ट्रक व्यवसायी ५ दिन रौतहट ज्वाला समूह ३ दिन माओवादी २ दिन ट्रक व्यवसायी ५ दिन झापा, सिरहा, धनुषा, महोत्तरी ७ देखि १० दिन बन्द
Read Full Discussion Thread for this article