Posted by: Rahuldai July 10, 2007
~~चौतारी-६२~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु। आफूलाई वरिष्ठ पत्रकार संझिने वरिष्ठ अल्पत्रकार् सोझो कुम्लेद्वारा चौतारि तारारम्पम रुबरुमा लिइएको भनिएको अन्तरवार्ता नितान्त कपोलकल्पित, आधारहिन, झुठा, तथाकथित, तथ्यलाई बङ्गाइएको, चरित्रलाई नङ्ग्याइएको आदि इत्यादि भएको ले भ्रममा नपर्न हुन सबै मा ध्यान हुनेको ध्यान् र ज्ञान हुने को ज्ञान आकर्षण गर्न चहान्छु। अन्तर्वार्ता दिदैं न दिएको, लिंदै न लिएको भने होइन। बोलेको कुरो र पोलेको कुरोलाई ट्यान्टर् म्यान्टर् गरी, न बोलेको र न भनेको कुरालाई मात्र प्रस्तुत गरी गौशालाको म: म: न खुवाएको झोक, अनि सोम् रस एक् थोक न पिलाएको ठुलदाइ को आग्रहलाई पूर्बाग्रह पीडित ढंगले संप्रेषण गरेको काम घाम् जति कै छ। मलाई लाग्दछ, यो पनि संबिधान सभाको चुनाव गर्न न दिनेहरु कै खडयण्त्र हो। चिन्ने ले चिनेकै छन्, न चिन्ने ले चिन्ने छन्। तारेमाम्।
Read Full Discussion Thread for this article