Posted by: shirish July 9, 2007
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        
दादाहरूको भित्री दुनियाँ राजधानीमा आ-आफ्ना गिरोहमार्फत अवैध कारोबारमा संलग्न साना-ठूला दादाहरुको कथा सरोजराज अधिकारी सा त राउन्ड गोली भरेको पेस्तोलसहित गत जेठ १० गते दरबारमार्गबाट पक्राउ परेका थिए, २४ वर्षे सुजन पौडेल । प्रहरी हिरासतमै छँदा उनले नेपाल सँग खुलासा गरेका थिए, "म राजधानीका डन दीपक मनाङ्गे समूहका शशी अधिकारीको चेला हुँ । शशी, लालबहादुर तामाङसहित हाम्रो समूहमा करबि एक दर्जन छाँै ।" जेठ ३० गते १५ हजार रुपियाँ धरौटीमा छुटेका सुजनले सोही दिन अर्को अपराध गर्न भ्याइसकेछन् । कोटेश्वरका व्यापारी सन्तोष अग्रवाललाई अपहरण गरी पाँच लाख रुपियाँ फिरौती लिएको अभियोगमा यतिबेला प्रहरीले उनलाई खोजिरहेको छ । सोही अभियोगमा शशी अधिकारी, महेन्द्र थिङ र लालबहादुर तामाङ असार १५ गते समातिइसकेका छन् । यसअघि हतियार बोकी गुन्डागर्दी गरेको अभियोगमा खोजी भइरहेका शशीले सुजनलगायतका केटाहरू पठाएर अग्रवालको अपहरण गरेको प्रहरीसमक्ष स् वीकारेका छन् । समातिएकामध्ये शशी नेपाली काङ्ग्रेस प्रजातान्त्रिकनिकट नेपाल विद्यार्थी सङ्घ - (नेविसङ्घ) रसुवाका अध्यक्ष हुन् भने महेन्द्र नुवाकोट जिविसका पूर्वउपसभापति । उनीहरूविरुद्ध प्रहरीले सार्वजनिक अपराधमा मुद्दा चलाउन खोज्दैछ । तर, तिनलाई छाड्न पूर्वप्रहरी प्रमुखदेखि प्रजातान्त्रिक काङ्ग्रेसका केन्द्रीय सदस् यसम्मले व्यापक दबाब दिइरहेको एक प्रहरी अधिकृत बताउँछन् । शशीका समर्थकहरूले विरोध जनाउन टायर बाली राजधानीका सडक अवरुद्धसमेत पारेका थिए । राजधानीमा हुने अपराध, त्यससँग जोडिने दादाहरू र तिनको राजनीतिक सम्बन्धको सानो उदाहरण मात्र हो माथि उल्लिखित घटना । काठमाडौँमा एउटा यस्तो भूमिगत संसार छ, जहाँ उद्योगी-व्यवसायी, उच्चपदस्थ अधिकारी-पेसाकर्मी, धनाढ्य वर्गलगायत समाजको ठूलै वर्गमाथि 'डन' का नाममा हुने दादागिरी बढ्दो छ । सिक्काको अर्को पाटो पनि छ, उद्योगी-व्यवसायीले सुरक्षा, राजनीतिज्ञले शक्ति, दुई नम्बरी गर्नेले सञ्जाल र प्रहरी स्वयम्ले सूत्र विस्तारका लागि यिनै दादाहरू परचिालित गर्ने हुँदा 'दादागिरी' राजधानीमा एउटा पेसाकै रूपमा फस्टाइरहेको छ । Read more http://www.kantipuronline.com/Nepal/aabaran.php
Read Full Discussion Thread for this article