Posted by: Birkhe_Maila July 6, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
...टुँsssss.. के तिमि क्लोजअप गर्दछौ या दुनियाँ संग लड्दछौ क्लोजअप किन गर्दछौ क्लोsssजअsssप एभरेष्ट सिमेन्टअ एभरेष्ट सिमेन्टअ तिम्लाई पाएपछि जाँदैन मेरो मन अन्त पचास एम पि ए क्षमता भएको एभरेष्ट सिमेन्ट! श्रोताहरु, स्वागत छ क्लोजअप तारारमपम अन्तरवार्तामा करिब एकदिन लामो कमर्शियल ब्रेक पछि। अब समय नगुमाई लागौँ अन्तरवार्ता तिर। संवाददाता- “ यहाँलाई पुन: स्वागत छ माष्टरनी नानि’ माष्टरनी नानि- “धन्नेबात अरे के रे हउरलाई” संवाददाता- “ हँ त माष्टरनी नानि, अगि कुरा हुँदैथियो हजुरलाई चित्त नबुझेको कुराहरुको, भन्दै हुनुहुनथ्यो नारीको अपहेलना भयो भनेर, किन यस्तो लाग्यो तपाइँलाई? केहि बताइदिनुहुन्छ हाम्रो दर्शकहरुलाई?” माष्टरनी नानि- “ बेला बखत हुँदि नारिलाई सस्तो शब्द प्रयोग गरेको पाएकिम के रे मुइँले, भनिहाले जे पर्ला पर्ला” संवाददाता- “ सस्तो शब्द? हा हा हा हा, शब्दको पनि भाउ हुन्छ र?” माष्टरनी नानि- ‘ भाउ शब्द कै त हुने भयो के रे लेखेर गफ अर्ने ठाममा भन्चु र” संवाददाता- “ त्यस्तो हैन होला, खै मलाई त त्यस्तो लागेको छैन त कहिले पनि।“ कहिले देखि यस्तो लाग्न थालेको तपाइँलाई?” ”माष्टरनी नानि- “हउर पनि लोउनेमुन्छे जो पर्नुभयो के रे। केटा र केटिहरु के के जाति लाजमर्दो कुरा जो अर्छन बेला बेलाहुँदि। यस्तो किन अर्नु परो भन्चु र। पहिले देखुन नै जो देखेकिम के रे , बोल्न नसकेर नबोलेकिम। संवाददाता- “ हैन के लाजमर्दो कुरा गरे केटा केटिले?” माष्टरनी नानि- “ अरु के हुन्तो र हउर, त्यहि मुआहह सुआहह किन अर्न परो भन्छु र सपैको अगाडि? मुइँले पहिले नै भन्न खोजेकिम के रे, त्यति मात्र हैन बेला बेलाहुँदि प्याच्च अनेकथरि जो भन्छन नारिलाई” संवाददाता- “ हाहाहा ठिटा ठिटीहरुको उमेर छ, यस्तो गरिहाल्छन नि। हामिले सोचेको जस्तो हुँदैन होला नि नया जिवन नयाँ तरंग, नया जोश छ बच्चाबच्चिहरुको। अहो! भनेपछि यसैले गर्दा आउन कम गर्नुभइको तपाइँले?” माष्टरनी नानि- “त्यसैले कम अरेकिम के रे, बच्चा त बच्चा उमेर पुगेका पनि उस्तै जो छन के रे। मुन्चे किन बढि बोल्नु परो भन्चु र हाम्रो पनि बैँश जो आएको थियो तर हामि यस्तो थिइनम के रे। चित्त नबुझेको कुरा अरेकिम पहिले देखि बानि जो थियो भन्चु र।“ संवाददाता- “हाहाहा..भनेपछि मन पहिले नै बिद्रोहि भएको रहेछ तपाइँको। जे होस जो जस्तो छ त्यस्तैमा स्विकार गर्नु पर्ने जस्तो लाग्छ मलाई त। एनिवे, भन्नुहोस भरखरै एउटा बोर्डिङ स्कुल खुलेको छ साझापुरमा, बोर्डिङ स्कुल ले तपाईँको माष्टरी पेशालाई कत्तिको असर गरेको पाउनु हुन्छ? माष्टरनि नानि- “ त्यहि बोडिङ इस्कुलले अर्दा यो गति भएझैँ मानिछु के रे चौतारिको, पइलेका राम्रा बिद्ध्यार्थिनि मातिएर जो गए, कोहि जे पायो त्यहि बोल्छन हउर, कोइ छोरि पाएर बसेका छन्। राम्रो बोल्ने पढ्न मुन अर्नेलाई पढाउने हो अरुलाई किन पढाउँछु होला र मुइँले? छोरि पाएको कुरा प्याच्च भनेछु के रे, ब्रेक लिने भन्नुभएको अस्तो मानिछु के रे.. …लु म भागेँ यहाँबाट, अहिले प्रितीले मार्छिन फेरि :) संवाददाता- “हाहाहा ब्रेक हैन अब बिट मार्ने बेला भयो। हस त माष्टरनी नानि हजुरले अमूल्य समया दिएर हामि संग केहि कुरा गर्नुभयो त्यसको लागि धन्यवाद्। पुन: एक पटक हामि तपाइँको अन्तरवार्ता लिने नै छौ अबश्य पनि। हस त धन्यवाद्। श्रोताहरु, वहाँ हुनुहुनथ्यो माष्टरनि नानि। अब आजको क्लोजअप तारारमपम पुरस्कारको लागि प्रश्न- “चौतारिमा हुने कुनै कुरा कसैलाई राम्रो र कसैलाई नराम्रो किन लागेको होला र यसको समाधान के होला? “ तपाइँको उत्तर हाम्रो ठेगानामा पठाउनु होला। पछिका अंकहरुमा निम्न व्यक्तिहरुको अन्तरवार्ता प्रसतुत गरिने छ- १) पुन्टे दाई, खाइ न पाई २) निशान्त, सधैँ अशान्त ३) सान्नानि, काममा जान्न नि ४) तितौरी, चौतारिबाट कता दौडि? ५) सोझो कुम्ले, बिहा पछि उम्ले ६) भाउते, बिना हात्तिको माउते ७) हरि, नुनमा डुबाएको रसबरि ८) चना तरकारि, जिउ धन सरकारि यो लिस्ट पछि बाँकि महानुभावको अन्तरवार्ता प्रकाशित हुने छ। यसका साथै आजलाई बिदा पउँ, धन्यवाद्! के तिमि क्लोजअप गर्दछौ या दुनियाँ संग लड्दछौ क्लोजअप किन गर्दछौ क्लोsssजअsssप
Read Full Discussion Thread for this article