Posted by: shirish July 5, 2007
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        
किन रोकिँदैन भ्रष्टाचार ? : कानुनका छ्रि्रहरूमा टेकेर भ्रष्टहरूले सफाइ पाउनु मुलुककै निम्ति दर्ुभाग्य हो [ 2064-3-19 ] www.gorkhapatra.org.np  रमेश विकल आज हाम्रो देशको उन्नति, प्रगति र विकासको सबैभन्दा बाधक समाजका विभिन्न क्षेत्रमा फैलिँदो भ्रष्टाचार नै हो । यही भ्रष्टाचारको मौलाउँदै र व्यापक बन्दै गएको संस्कृतिले नै अरू विकास र प्रगतिलाई मौलाउन दिँदैन । किनभने यो भ्रष्ट संस्कृतिले यसरी जरो गाड्न थालेको छ र यो विशाल आकृतिमा फैलिँदो छ, यसले ठूलो वृक्षको भनौँ पीपलको बाक्लो छहारीमुनि उम्रने अरू बोटबिरुवालाई हर्ुकन बढ्न र बाँच्न दिँदैन । त्यसो त हामीमध्ये सायद कसैले पनि यो भ्रष्टाचारको संस्कृतिले हर्ुकन, बढ्न र फैलिन नपाओस् भन्ने कामना नै गरेको प्रतीत हुन्छ । कतिसम्म भने जसको छत्रछायाँमा यो संस्कृति हर्ुकंदै बढ्दै र विस्तार हुँदै गएको छ, त्यो समाज, राजनेताहरू प्रशासन संयन्त्र र समाजका अग्रणी भएर बसेका 'ठूला' मान्छेहरूसमेतले रातदिन आफ्ना भाषण, विज्ञप्ति, सन्देशहरूमा भ्रष्टाचार समाजको महारोग हो, यसको समूल नष्ट हुनर्ुपर्छ, हामी त्यसका लागि प्रतिबद्ध छौं, कटिबद्ध छौं । देश र समाजलाई भ्रष्टाचाररहित समाज बनाउन दृढ सङ्कल्पित छौंं ।' यिनै बडेबडे कुराका सपना देखाएर नै उनीहरू हाम्रा टाउकामा पुग्न सफल भएका छन् । अनि यसै कार्यको सम्पादनका लागि भनेर चमक, दमकदार र्सवाधिकार सम्पन्नताको जामा भिराएर बडे बडे आयोग गठन भएका पनि छन् । त्यस्ता भ्रष्टातार निर्मूलन हेतु गठन भएका अधिकारसम्पन्न साना-ठूला आयोग र निकायहरूलाई पाल्ने पोस्ने र काम गर्ने वातावरण सिर्जना गर्ने नाउँमा राष्ट्रको ढुकुटी बढारेर लाखौँ लाखौँको धनराशी खोलोसरी बगाएका छन् । तर ती खोलाको पानी बगे झैँ बगिरहेका धनराशी त्यत्तिकै आएको होइन । यी विभिन्न स्रोतबाट सङ्कलित भएर राज्यकोषमा जम्मा गरिएका छन् जसमा सम्पर्ूण्ा जनताको श्रमको पसिनालाई राजस्वको रूपमा असुल गरेर सङ्कलन गरिएको छ । त्यति मात्र नभएर ती धनराशी विश्वका मित्रराष्ट्रहरूका सामु घँुडा टेकेर, दाँत ङच्ियाएर अनुदानका रूपमा र ऋणका रूपमा समेत जम्मा गरेर ढुकुटी भरिएको छ । यसरी ज्यादै निर्घिी चालाले सङ्कलित राज्यको कोशको महìवपर्ूण्ा अंश खर्चिएर कैयन् अधिक सम्पन्न आयोगहरू गठन भएर पनि कति त निष्त्रिmय र निष्प्रभावी सावित हुनपुगे । तर मल्लिक आयोग, रायमाझी आयोग जस्ता प्रभावशाली र सक्रिय, अधिकारसम्पन्न आयोगले गरेका उपलब्धिको पनि परिणाम के भयो त - के भइरहेको छ त - यस्ता यी एकाध इमानदार र प्रतिबद्ध आयोगहरूले गरेका उपलब्धि पनि कतिपय स्थितिमा निष्प्रभावी र परिणामरहित भएर बसेका छन् । मल्लिक आयोगले कति मिहिनेत र कति इमानदारीसाथ छानबिन, खोजतलास गरेर तयार पारिएको ठानिएका प्रतिवेदन आज सिंहदरबारको कुन अँध्यारो कोठाको थोत्रो दराजमा धूलो र धमिराको सिकार भएर असफलताको आँशु बगाइरहेको होला । बेलाबखतमा उठ्ने गरेको जनआवाजको कदर गर्दै त्यसलाई उद्धार गरेर सक्रिय गराउनेतिर कसैको ध्यान गएन-न सरकारको न न्याय मन्दिरको । उल्टो भ्रष्ट राजनीतिको जालसाँजीमा त्यसलाई दबाउने प्रयत्न मात्र भयो, ताकि आफ्नो अपराध कर्म, भ्रष्ट चरित्रको पोल नखोलियोस् । अपराधीले आफ्नो अपराध कर्म, भ्रष्टाचार र दुराचारको सबुद प्रमाण कानुन र न्यायको पकडमा आउने गरी छोडेर 'आइज गोरू मलाई हान' भन्दै शङ्ख फुकेर हिंडेको त हुँदैन । यस्ता अपराध कर्मका लक्षणहरूलाई कानुनका पुस्तकका हरफहरूमा सांकेतिक रूपबाट औंल्याइएको पनि हुन्छ । त्यसलाई पढेर बुझेर तथ्य खुट्याउने जिम्मा न्यायकर्मी, न्यायमर्ूर्तिको व्यावसायिक दक्षता, विवेक-बुद्धि र अनुभवजन्य ज्ञानको जिम्मा दिइएको कारणले उसलाई न्यायमर्ूर्तिको विशिष्टतम सम्बोधन प्रदान गरिएको हुन्छ । त्यही व्यावसायिक, अनुभवजन्य विवेक बुद्धिको उपयोग गरेर पनि निराकरण गरी न्याय प्रदान गर्नपर्ने हुन्छ । तर हाम्रो न्यायव्यवस्थामा अनेक कानुनी छ्रि्रहरू विद्यमान छन् । यस्तो स्थितिमा न्यायमर्ूर्तिहरूमा आफ्ना विवेकको प्रयोग नगरी तिनै त्रुटिपर्ूण्ा ऐन कानुनको भरमै मात्र न्याय दिने परिपाटी छ । यो पृष्ठभूमिमा कानुनतः भ्रष्ट व्यापारी न्यायकर्मीहरूले मुलुकका बडे बडे भ्रष्ट राजनीतिकर्मीहरू, बडे बडे तस्कर, व्यापारी देश र जनताकै भाग्यलाई भकुण्डो तुल्याएर खेल्ने माफियाहरूलाई तिनै त्रुटिपर्ूण्ा ऐनकानुनका लाभ दिएर तिनै छ्रि्रहरूका बलमा सफाइ दिने गरेका प्रशस्त उदाहरण भेटिन्छन् । निष्पक्ष न्यायधर्मी, न्यायमन्दिरका न्यायमर्ूर्तिहरू र न्यायसम्पादनका सहयोगी न्यायकर्मीहरूबाट बडेबडे गजाकार र घृणित भ्रष्टाचारी दुराचारीका रूपमा गनाइसकेका अपराधीलाई कानुनी किताबका तिनै केही त्रुटिका छ्रि्रहरूबाट दूधले पखाले निकालेको देख्ता न्यायमन्दिर त्यसका न्यायमर्ूर्तिहरूप्रतिको जनआस्था र निष्ठा भत्कँदै जान्छ र सम्पर्ूण्ा विधिको शासन भनेर प्रचारी शासनविध्रि्रति नै वितृष्णा पैदा हुनजान्छ भने दोष कसको - अहिले न्यायमन्दिरबाट 'पर्याप्त प्रमाणको अभावमा अभियोग सिद्ध हुन नसकेर न्यायमन्दिरबाट सफाइ पाएर निस्किएका र निस्कने क्रममा परेका तिनै तस्कर र व्यापारी माफिया र महाभ्रष्ट नालीमा डुबेर डुङ डुङ्ती गनाइसकेका महानुभाव -ठूला मान्छे) हुन् । जसले मनपरीसँग देश र गरिब निमुखा जनतालाई नाङ्गेझार पारेर निर्घर्ााँग लुटे । सबुतको अभावमा भ्रष्टाचार गरेको ठहरिएन भन्ने केही यताका कतिपय न्यायिक निर्ण्र्ाा्रति जनसाधारणले चित्तबुझाउने ठाउँ छैन । जस्तो कि विगतको एउटा सडकछाप व्यक्ति चाकडी र चाप्लुसी बलमा आफ्नो त्यो स्थितिबाट शासनसत्ताको उच्च आसनसम्म चढ्न सफल हुन्छ अथवा राजनीतिमा छिरेर कुनै प्रभावशाली नेताको पुच्छरमा सुरेली खेल्दै आफू स्वयं नेतृत्वको मेचमा बस्न पुग्छ र शासनसत्ताको महìवपर्ूण्ा पदमा कब्जा जमाउन पुगिहाल्छ । यसरी लाभको पदमा पुगेपछि केही समय नबित्दै मगन्तेबाट धनकुवेरको रूपमा कायाकल्प हुन्छ उसको । त योभन्दा ठूलो योभन्दा जिउँदो भ्रष्टाचारको प्रमाण के चाहिन्छ । निष्पक्ष र साँचो इन्साफका लागि - किनभने हिजोसम्म नयाँसडकमा थोत्रो चप्पल घिसार्दै होटेल र भट्टी भट्टी चहार्दै चिनजानका मानिससँग -'लौन भाइ केही ख्वाऊ ! केही प्याऊ । पेटभरि खान नपाइएको ' भन्दै दाह्रा ङच्ियाउँदै हिँड्ने मान्छे यसरी रातारात विना मेहनत धनकुवेरमा रूपान्तर हुन्छ भने भ्रष्टाचार र आर्थिक अनियमितताको त्योभन्दा ज्यूँदो प्रमाण अरू के हुनसक्छ - प्रस्ट छ यी नेता, नेताहरू वा उच्च ओहदाका प्रशासकहरूको यो अकुत सम्पत्ति उनीहरूका पर्ुखाको उत्तरदान पनि होइन र छ महिना वर्षदनको सीमित अवधिमा कुनै ठूलो व्यापार वा कुनै अर्को शुद्ध बाटो वा आफ्नो कठोर श्रमबाट आर्जन हुनसक्ने सम्भावनाभन्दा टाढैको कुरा हुन्छ । रहृयो इन्द्रजाली बाटो-भ्रष्टाचार तस्करीको अनैतिक मार्गबाट गरिएको लुट 'ब्रहृमलुट। तर हाम्रा न्याय मन्दिरका पुजारी न्यायमर्ूर्तिहरूको इन्साफको दृष्टि ती देशघाती जनघातीहरूका अपराधको घाम जत्तिकै र्छलङ्ग प्रमाणतिर पर्नैसक्तैन । किनभने उनीहरूका अकुत सम्पत्तिको प्रखर तेजले सच्चा न्याय र इन्साफका आँखा तिरमिराउँछन् दृष्टि शक्तिलाई अन्धो तुल्याइदिएको हुन्छ - यसरी निर्मूल हुन पल्लो फाल दिन, दिनै यस्तो अपराध सँग्रालिँँदै जान्छ, गएको छ । किनभने न्यायनिसाफको यो नौटङ्कीले अपराधकर्मी-तस्करी भ्रष्टाचारीको मनोबल आकासिंदै गइरहेको छ र यसको विपत्ति यस्ता अपराध रोकथाम गर्न, निर्मूलन गर्न कटिबद्धता जनाएर उत्रिएका न्यायकर्मीहरूको मनोबल गिर्दै जान्छ, गइरहेको छ । अनि त स्वाभाविक के हुन्छ, भएको छ भने आफ्नो कुत्सित जीतबाजीमा भ्रष्टाचार, तस्कर व्यापारीहरू ठूलो जस्न मनाउन ठूलठूला भोज र पार्टर्ीीर्छन् र त्यस्तो पार्टर्ीी भोजमा आफ्ना सहयोगी न्यायकर्मीहरूलाई ससम्मान निम्ता गर्छन् । जसमा हाम्रा न्यायमर्ूर्ति न्याय सहयोगीहरू दङ्गदास परेर त्यस्तो भोज -पार्टर्ीीमा सहभागी बनेर भ्रष्टहरूसँग मितेरी गाँस्छन् । अनि अपराधकर्मको अविरल धारा निरन्तर बगिरहन्छ- बगिरहेको छ ।
Read Full Discussion Thread for this article