Posted by: Birkhe_Maila July 5, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
...टुँssssssssssssssssss.... .....के तिमि क्लोजअप गर्दछौ या दुनियाँ संग लड्दछौ क्लोजअप किन गर्दछौ क्लोsssजअssssप...... (टुङ्ग) ....लौन बाबा पानी चुहियो अब के गर्ने? खर छैन घरको छानो के ले छाउने एपोलो को कर्कटपाता आजै किनि ल्याउने सधैँ टिक्ने एपोलोको कर्कट पाता छाउने एपोलो कर्कट पाता, किफायति र भरपर्दो..... (टुङ्ग) ....के तिमि क्लोजअप गर्दछौ या दुनियाँ संग लड्दछौ क्लोजअप किन गर्दछौ क्लोsssजअssssप...... (टुङ्ग) श्रोताहरु स्वागत छ यस ‘क्लोजअप चौतारी तारारमपम’ अन्तरवार्ता को अर्को भागमा। क्लोजअप द्वारा प्रायोजित यस अन्तरवार्तामा आज देखि हामिले ‘श्रोता क्लोजअप तारारमपम पुरस्कार’को व्यबस्था पनि गरेका छौँ। प्रत्येक अन्तरवार्ताको अन्तयमा हामि एक प्रश्न सोध्ने छौँ। त्यस प्रश्नको सहि उत्तर र क्लोजअप को ५ वटा खालि खोल हाम्रो ठेगानामा पठाउनुहुने श्रोताहरुबिच गोला प्रथा द्वारा पुरस्कार वितरण गरिने छ। पुरस्कार पाउनुहुने एक पुरुष र एक स्त्रीलाई हामिले ‘मिस्टर चौतारि क्लोजअप’ र ‘मिस चौतारी क्लोजअप’ ले सम्मानित गर्ने छौँ। मिस्टर र मिस चौतारि क्लोजअपलाई हामि एक दिन ब्लाइन्ड डेटमा बोलाउने छौँ जसमा तपाइँले मौका पाउनुहुने छ, एक अर्कालाई क्लोजअप ले दाँत माझिदिने। त सुरु गरौँ आजको कार्यक्रम। आजको यस कार्यक्रमा हामिले निम्त्याएका छौँ हाम्रो चौतारिका चिरपरिचित अति सम्मानित माष्टरनी नानिलाई। प्रस्तुत छ हाम्रा संवाददाताले लिनुभएको अन्तरवार्ता। संवाददाता- “ माष्टरनी नानि स्वागत छ तपाईँलाई यो क्लोजअप तारारमपम अन्तरवार्ता कार्यक्रममा।“ माष्टरनी नानि- “ नमस्ते अरे है संवाददाता बाउ हउरलाई मैले नि। किन तारारमपम भन्या छन?” संवाददाता- “हाहाहाहा खै त्यो त मलाई पनि थाहा भएन। म त साधारण जागिरे हो क्लोजअप को मान्छेलाई सोध्नु पर्ला, यो शब्द पनि क्लोजअप जस्तै भारत बाट छिरेको हो। त भन्नुहोस माष्टरनि नानि, चौतारि पाठशालाको माष्टरनी हुँदा कस्तो अनुभव भैरहेको छ?” माष्टरनी नानि- “हेहेहेहे संवाददाता बाउ क्यार्न भन्नुभो भन्चुर, पहिले देखि नै पढाकिम के रे आफ्ने जो पाठशाला हो बहुतै रमैलो मानेकिम मुइँले त।“ संवाददाता- “ साना बच्चाबच्चिलाई पढाउन गाह्रो हुँदैन?” माष्टरनी नानि- “ किन गाह्रो हुन्च भन्नुहुन्छ हउर? घरहुदि सानो नातिलाई सधैँ माभारत सुनाम्चू। हजुर्मा माभारत सुन्ने भन्च सधैँ, बानि जो परिसक्यो भुराभुरिलाई पढाम्ने।“ संवाददाता- “ अनि भन्नुहोस चौतारीको बर्षौँको बसाईँ तपाइँको कस्तो लाग्छ आजकल चौतारि?” माष्टरनी नानि- “ खै संवाददाता बाउ, चौतारिको संसकार कता हरायो भन्चु र। नारिलाई अलि अपहेलना गरेको झैँ मानिचु।“ संवाददाता- “अहो! के कुरामा चित्त बुझेन त्यस्तो हजुरलाई?” माष्टरनी नानि- “ ………………. (श्रोताहरु बाँकि को अन्तरवार्ता एकैछिन कमर्शियल ब्रेक पछि……) ....के तिमि क्लोजअप गर्दछौ या दुनियाँ संग लड्दछौ क्लोजअप किन गर्दछौ क्लोsssजअssssप...... (टुङ्ग) ....पातली! ए पातली! यहाँ मेरो सुट छैन, कमिज छैन यो घरको चालै बेग्लै छ। उहि श्रेष्ठ टेलरिङ बागबजार जाने नि भनेजस्तो सुट र कपडाहरु छानि छानि पाइन्छ श्रेष्ठ टेलरिङ बागबजार.. (टुङ्ग)
Read Full Discussion Thread for this article