Posted by: Birkhe_Maila July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
आदरणिय श्रोताहरु, अब हामि तपाईँहरुलाई लैजाँदै छौँ हाम्रो स्टुडियो तिर जहाँ हाम्रा सम्बाददाताले ठुल्दाई संग अन्तरवार्ता लिनगैरहनुभएको छ। “नमस्कार!” “भनिन्छ जता गए पनि जहाँ रहे पनि आफु जन्मेको ठाउँ र आफुले मम खाने पसल सदैब प्यारो हुन्छ। गौशालाको मम र श्लेसमान्तकमा तानेको चिलिम जस्तो स्वाद मेकडोनालको बर्गर र मार्लबोरोमा हुँदैन। आउनुहोस यस्तै तिता मिठा स्मरण सहितको कुरा गरौँ उहि हाम्रा चिरपरिचित अति मृदुभाषि ठुल्दाई संग।“ संवाददाता- “तपाईँलाई हाम्रो स्टुडियोमा स्वागत छ ठुल्दाई!” ठुल्दाई- “ जिन्दगिमा धोका पायो, ठुल्दाईले अन्तरवार्ता दिने मौका पायो, तारेमाम्!” संवाददाता- “हा हाहा ठुल्दाई तपाईँको शैलि गजबको लाग्छ मलाई त। अनि भन्नुहोस कस्तो अनुभव भैराको छ नायाग्रा फल्स बाट फर्किएपछि?” ठुल्दाई- “ नायाग्रा फल्सको रंगिन रमाइलो, मन भयो घमाइलो। के बात गर्नु जति बोले पनि कम हुन्छ, धेरै नै रमाइलो बुझे ठिक हुन्छ। तारेमाम्।“ संवाददाता- “ भनेपछि ठुल्दाई, यो संसारमै रमाइलो ठाउँ हो त नायाग्रा फल्स?” ठुल्दाई- “ जति रमाइलो भए पनि गौशालाको म:म खाएर चिलिम तान्दै काठमान्डुको ढल बागमतिमा झरेको जस्तो रमाइलो, आहा! यो समुन्द्रमा समुन्द्र झरेको नायाग्रा फल्समा भेटिँदैन, कुरा बुझौँ मनमा गुनौँ। तारेमाम्।“ संवाददाता- “हाहाहा ठुल्दाई, त्यत्रो पानि त्यत्तिकै खेर गइरहेको छ हगि हाम्रो बागमतिको?” ठुल्दाई – “बागमतिको पानी खेर गैरहेको भन्नुभयो, ईतिहास र भुगोल पढेर आउनु पर्ला पहिला तपाइँले। बागमतिमा न त पहिला मनग्य पानी थियो न त पछि हुन्छ। ३५ बर्ष यो राहुलभाइ बागमतिको वरिपरि घुमेको अनुभवले बताउँछ। तारेमाम्।“ संवाददाता- “ हेहेहेह अनि बताउनुहोस, आजकल मम कत्तिको खाइन्छ?” ठुल्दाई- “ गौशालाको असलि म:म जस्तो म:म अमेरिकामा कहाँ? मासुको ड्लला र पिठोको टुक्रा म:म हुँदैन, त्यस्तो खाने मन पनि हुँदैन। असलि म:म देख्नेले अमेरिका देख्न पाउँदैनन अमेरिका देख्नेले असलि म:म सुँघ्न पाउँदैनन्, सत्य कुरा यहि हो बुझ्नेलाई श्रिखन्ड नबुझ्नेलाई खुर्पाको बिँड्। कार्यक्रममा चिलिम ब्रेक हुन पर्यो, चिलिम नताने कुरा आउँदैन कुरा नगरे चिलिम तान्न पाइँदैन। कुन डाँकाको आँखा लाग्यो, चिलिम क्षणमै पाखआ लाग्यो। तारेमाम्।“ संवाददाता’ “ हा हा हा ठुल्दाई, ल एकछिन ब्रेक लिउँ न त’ श्रोताहरु एकैछिन कमर्शियल ब्रेक है त।
Read Full Discussion Thread for this article