Posted by: Birkhe_Maila July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
यो समय मुना चियाको हो टुँ टुँ टुँsssssssssssssss नमस्कार, ध्रुव थापाबाट समाचार सुन्नुहोस। सबभन्दा पहिले प्रमुख समाचार। कुमलवा भन्ने कुम्लेको एक हप्ते गुप्तवास समाप्त। हरितालिकेलाई अझै पनि दिनमा फुर्सत मिल्न गाह्रो। पुन्टेदाईको चुनाव अभियान तिव्र। सान्नानिको थाङ्गना सुकाउने क्रममा छिमेकिलाई लागेको पुरानो पिनास निको। तितौरीको खोजखबर अभियान तिब्र, अझै नफर्केकोले चौतारिबासि चिन्तित्! ठुलिको ठुला ठुला कुराले चौतारिमा रौनक। यसका साथै हामि ठुल्दाईको हालैको नायाग्रा फल्स भ्रमणको बारेमा वहाँ संग हाम्रा सहकर्मिले लिनुभएको अन्तरवार्ता पनि प्रस्तुत गर्ने छौ! अब सुन्नुहोस पुरा समाचार। चौतारीको मर्मत सम्हार ईन्चार्ज कुम्लेको करिब एक हप्ते गुप्तवासको दौरान चौतारिमा मिश्रित प्रतिकृयाहरु आएको एक हप्ता पनि बित्न नपाउँदै कुम्लेको पुन: चौतारिमा आगमन भएको छ। कुम्ले केहि दिन बेपत्ता हुन पुग्दा चौतारिलाई माया मारेको, केहि समयको लागि शायद चौतारि बारेको, बुढाबुढि कतै घुम्न गएर मायाप्रिती सारेको वा मुसुमुसु हाँस्दै चौतारि दिनदिनै खोलेर पनि चौतारिबासिलाई ऊ यहाँ छैन भन्ने पारेको; जे भएता पनि कुम्लेको आगमनमा सम्पूर्ण चौतारीबासिहरु प्रफूल्लित भएका छन्। चौतारिका मेन इन्जिनियर तथा गित संगित टाँसटुस शाखाका महाप्रबन्धक हरितालिकेको व्यस्तताले आज दोश्रो हप्ता पनि प्रभावित रह्यो। कहिले बाँस जति अग्लो पंखा ठिक पार्ने र कहिले हप्ताभरिको काम सप्ताहन्तमा सार्ने उनको परिपाटिले गर्दा यो हप्ता पनि खासै फुर्सद नमिल्ने कुरा वहाँले आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो। जति बेफुर्सदि भएता पनि परेको खण्डमा नयाँ चौतारि निर्माण गर्ने तथा लुकि लुकि चौतारि चिहाउन भने वहाँले नछोड्ने बताउनुभयो। चौतारिका बयोबृद्ध चिल्ला नेता पुन्टे दाईको मनको राजनितीमा पोलिटिक्स घुसेकोले वहाँ आजकला चुनावि चहलपहलमा हुनुहुन्छ। चुनाव अभियानमा लागेका पुन्टेदाईलाई हामिले अमेरिखर्कको नयाँओक्रे गाउँमा फेला पारेका थियौँ। चुनाव अभियानको बारेमा हामिले जिग्यासा राख्दा वहाँले आफु चुनाव जित्नेमा १५० प्रतिशत ढुक्क रहनुभएको कुरा उल्लेख गर्नुभयो, र साथ साथै बताउनुभयो कि वहाँ को प्रतिशत जहिले पनि ५०० मा समाप्त हुन्छ। अत्यन्तै समयामयिक भ्याक्सिन काण्डको बारेमा प्रश्न गर्दा भने वहाँले यो नितान्त अफवाह भएको र वहाँको बिजय संग डराउने बिरोधिहरुले गरेको ठुलो खडयन्त्र हो भनेर पन्छिन खोज्नुभयो। बाँकि समाचार एक कमर्शियल ब्रेक पछि…
Read Full Discussion Thread for this article