Posted by: CaMoFLaGeD July 3, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
सबैलाई जदौ!! एउटा कुरा सुनाउन मन लागेर कस्तो! कुरा के भने नि? हाम्रो चौतारीका पात्रहरुपनि निकै पपुलर भइ सकेछन्। आज मलाई दुइवटा इमेलहरुमा हाम्रो चौतारीका कम्पाउन्डर श्री मदनवाको कविता फरवाड गरेर पठाइएको थियो। सायद मदनवाले पनि पाए होलान् आफ्नै कविता लेखिएको इमेल। :D अनि मैले यसो सोचेँ के, अब आफ्नै कविता आफैँलाई फरवाड गरेर आइपुग्यो भने के गर्ने? "वाह! क्या दामी लेखेछ यार, को होला त्यस्तो लेख्ने?" भनेर उत्तर पठाउने? हा हा हा!! मलाई सम्झी सम्झी हाँस उठ्या छ। अब आफुँ हो भनेर नि भन्न नमिल्ने नत्र Anonymity को मज्जा लिन नपाइएला फेरि। मदनवा! गार्हो हुन्छ, हैन त? ;-)
Read Full Discussion Thread for this article