Posted by: Birkhe_Maila July 2, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
तोरि हरियो माया लाउनाले बिचै परियो सोमबारे पाँचौँ चरणको जदौ! यो बिर्खे माइलाको!! कुरो एस्तो परो रे गोताएँ, हेरि मुइँले नि उड्दै आ' कुरो सुन्या हो अब कति सत्ते हो कि त दैव जानुन कि त पुन्टे बुडा नै जानुन। पुन्टे बुडा के जाति भ्याउसिन लाम्न गा' कुरो सोह्रै आना साँचो हो! अब के को भ्याउसिन भन्लाउ फेरि तिमारु, कुरो के भने यो बुडेसकालाँ नि बुडालाई टाउकामा कपाल फरररर पारेर कलकत्ते काइँलोले कोर्ने साह्रै रहर जागेछ हेरि। त्याँसि एउदिन एउडा डाउडरले 'पुन्टे बाजे शहराँ कपाल उमार्ने भ्याउसिन आ'छ' भनेर झ्यालि पिटेछ बुडा त कुरो सुनेओ २ पहराँ भ्याउसिन लाउने ठाममा!! डाउडरकाँ ग'र पुन्टे बुडाले सबै बेलिबिस्तार लाएछन हेरि, त्याँसी डाउडरले चाइन्जो सपैलाई लाउने सुई झिकेर पुन्टे दाइलाइ लाम्न खोजेछ तर बुडाओ चाम्रो छाला के खा'र छिर्थो, सुइ मोरो त ठुनुक्क दुइ टुक्रो भ'छ! डाउडरले फेरि टराइ अरेछ हेरि, फेरि सुइ ठुनुक्कै! एउडा दोडा हो र? हेर्दा हेर्दा गोडा पन्ध्रबिसेक सुइ चोइटिएसि अब भएन भनेर डाउडरले तो तल्लो गाममा जुत्ता सिलाउने संअ जुत्ता प्वाल पार्ने घोचो ल्यार तेसइको सुई बनार लाएसि बल्ल भओ रे!!
Read Full Discussion Thread for this article