Posted by: neshal June 30, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
क्याम्पस को चाल देख्दा मेरै आँखा थाक्छन् हजुर । केटा पुकार केटी चुइकम पालैपालो जाक्छन् हजुर ।। कस्तो आयो फेसन पनि केटी देख्दा छक्कपर्छु । जिन्सको पाइन्टमा बेल्ट सार्दै क्यान्टिन तिर लाग्छन् हजुर ।। परे म त गाँउले केटो लप्पन छ्प्पन केही छैन । हेल्लो सोल्टी केछ भन्दै ईशारा ले डाक्छन् हजुर ।। चिन्या छैन जान्या छैन तै पनि छेउमा जादा । भाको एउटा कलम पनि लाजै बिना माग्छन् हजुर ।। लेक्चर् अघि पढाउदा कानेखुसी मात्र गर्छन । खुले आम कपी भित्र लाबलेटर राख्छन् हजुर ।। प्रेम जाल मा फसाउन गाउले सोझो केटो लाई । सँगै जिउछु ,मर्छु भन्दै देवि देवता भाक्छन् हजुर ।। हाल :- स्वर्ग मुनी को संसार निलो आकाश मुनी
Read Full Discussion Thread for this article