Posted by: Birkhe_Maila June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
झुक्कयाएर माछा खाँदा दायाँ बायाँ हेर्नु नपर्ने: हालै चौतारीमा प्रकाशित माछा खाने तरिकाको बारेमा प्राप्त पाठकको पत्रको उत्तर दिने सिलसिलामा एक पाठक मु्न्निको प्रश्नको उत्तरलाई हामिले आजको कार्यक्रमको मुख्य बिषयवस्तु बनाएका छौ! मुन्निको पत्रमा दायाँ बायाँ हेर्नुको पछाडि जिम्माल्नि आमैलाई झुक्कयाउने कुरा उल्लेख हुन आएकोमा हामि यो जानकारि गारउन चाहन्छौँ कि, जिम्माल्नि आमैले माछा-मासु जमाना मा छाडेको र जिम्माल आफैँलाइ जति माछा-मासु खाए पनि केहि नहुने भएको हुँदा, माछा खाँदा दायाँ-बायाँ हेर्नु कुनै पनि किसिमले जिम्माल्नी आमैलाई झुक्कयाएको ठहर्दैन। बरु दायाँ बायाँ हेर्नुको कारण, यदि दायाँ बायाँ नाति नातिना कोहि आएका रहेछन भने उनिहरुलाई पनि दिएर बाँडिचुँडि खाने महान बिचारधारा हो! :)
Read Full Discussion Thread for this article