Posted by: Birkhe_Maila June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
माछा खाने बिभिन्न तरिकाहरु र काँडा अड्कने तथ्याङ्क: घुसुल्टुम बिश्वबिध्यालय, अमेरिकाका साइन्टिस्टहरुले माछा खाने तरिका र काँडा अड्किने तथ्याङ्कको अनुसन्धानमा एउटा निकै अनौठो किसिमको सम्बन्ध पत्ता लगाएका छन्। अमेरिकाको 'फिस खाउनडेसन एन्ड काँडा अड्कीन्डेसन रिसर्च इनस्टिच्युटले' सन २००७ मा गरेको अध्ययन अनुसार, माछा चोरेर खाने व्यक्ति भन्दा माछा हेरेर खाने व्यक्तिमा माछाको काँडा अड्किने सम्भावना ७५ प्रतिशत बढि हुन्छ। उक्त इन्सटिच्यूटका प्रोफेसर पिसेज फिसका अनुसार प्रत्येक व्यक्तिको जिब्रोको तल्लो भाग र घाँटिको माथिल्लो भागले एक किसिमको रसायन उत्पन्न गर्छ जसले हाम्रो मस्तिष्कमा माछा र काँडाको भिन्नता थाहा दिन्छ।चोरेर माछा खाँदा चोरेको कारणले व्यक्तिको रक्तचाप बढ्न जान्छ र फलस्वरुप उक्त रसायन बढि उत्पादन हुन्छ र माछाको काँडा अड्किँदैन। यसको विपरित यदि कसैले माछा हेर्दै खान्छ भने उसको घाँटिमा उत्पन्न हुने उक्त रसायनको मात्रा अत्यन्तै न्युन हुन पुग्छ र माछाको काँडा अड्किन सक्छ भन्ने कुरा प्रोफेसर फिसले माछा खाँदै हाम्रा सम्बाददातालाई बताउनुभयो।
Read Full Discussion Thread for this article