Posted by: Birkhe_Maila June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
"टुक्रो समाएर दायां बायां" प्रस्तुत हरफ, साझा चौतारीको माछा खाने तरिकाबाट उद्धृत गरिएको हो। यसमा लेखकले माछा तथा माछाबाट बनेका परिकार खाँदा डुलाउनु पर्ने नजरहरुको बारेमा बयान गरेका छन्। नजर बिभिन्न किसिमका हुन्छन; खुसि नजर, दुखि नजर, लोभि नजर, रोगि नजर, भोकाएको नजर, अघाएको नजर, उठेको नजर, गिरेको नजर, अचम्म मान्दाको नजर, आफ्नो ठान्दाको नजर, डराएको नजर, हारेको नजर इत्यादी। तर यि बिभिन्न नजरहरु भन्दा खानेकुरा धेरै मन लगाएर खाँदाको नजर भने फरक हुन्छ। यस्तै माछा खाने बेलामा धेरै नजर माछालाई मात्र दिंदा अन्यत्र कुरामा ध्यान नपुगि माछाको काँडा अड्किने सम्भावना हुन्छ, तसर्थ माछा खाने बेलामा माछालाई मात्र नहेरि दायाँ बायाँ हेर्नाले मस्तिष्क खुल्ला हुन्छ जसले गर्दा माछाको काँडा अड्कने डर हुँदैन। इति श्री जेपिटि व्याख्या! :)
Read Full Discussion Thread for this article