Posted by: Birkhe_Maila June 29, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
दुर्गेसोरिले पोखरिको माछा सम्झाइदिन गाँठे! लु माछाको सुकुटि बना'र खानु गाम्लेओ! माछाको सुकुटि बनाउने र पकाउने तरिका:) सुकुटि बनाउने तरिका: चौतारीको पहिलाको अंकमा भने जस्तै गरेर साना साना माछाको सुकुटि पनि बनाउन सकिन्छ। त्यसको लागि बिशेष किसिमले माछा काटेर ठिक पार्नु पर्दछ। १)सानो साइजको टिलापिया, रहु(कार्प फ्यामिलिको माछा) वा क्याटफिस ल्याउने। सानो है सानो, नत्र मजा हुँदैन। २)तपाइँको शहरमा बंगालि स्टोर छ भने पहिले नै सुकेको माछा ल्याउने र नम्बर ३ देखि नम्बर १४ सम्म नपढ्ने। ३)पुछ्छर र बाहिर निस्केका सबै अंगहरु काटेर फाल्ने। ४)माछालाई चपिङ बोर्डमा राख्ने। ५)मजाले पेपर टावलले पुछ्ने नत्र चक्कु चिप्लिएर माछाको सट्टा आफ्नै औँलाको सुकुटि बनाउनु पर्ने स्थिति आउन सक्छ। ६)माछाको पेट पटि बाट माछालाई लम्बाइ तर्फ पुछ्छर सम्म चिर्ने। ७)माछाको पेट पट्टि बाट माछालाई लम्बाई तर्फ मुख सम्म चिर्ने। ८)माछाको कान झिकेर फाल्ने। ९)मन पर्नेले टाउको राख्ने मन नपराउनेले टाउको काटेर फाल्ने। १०)टाउको मन नपाराउनेले नम्बर ७ लाइ बिर्सने किनभने टाउको फाल्दा कान पनि संगै जान्छ। ११)अब माछालाई अलिकता फट्टयाएर चपिङ बोर्डमा हल्का थिच्ने (जोड लाउनु हुँदैन नत्र माछा कच्याक कुचुक हुन्छ। १२)माछा ठुलो छ भने माछालाई माछाको काँडाकै समानान्तर हुनेगरि धारिलो चक्कुले चिर्ने र माछाको ढाडमा पुगेर छाड्ने। चित्र नं-२। १३)चपस्टिक ले प्रत्येक पिस गाभिने गरेर घोच्ने। यसैगरि सबै माछालाई चपस्टिकको सिल मा उन्ने। १४)पहिलाको साझामा मासुको सुकुटि बनाउने तरिका जस्तै गरेर सुकुटि बनाउने। सुकुटि पकाउने तरिका: १)माछाको सुकुटि (३ मुठि जति) एउटा भाँडामा राख्ने। २) औँलाको सहायताले साना साना टुक्रा बनाउँदै चुँड्ने। ३) कराहिमा तोरिको तेल तताउने। ४) माछाको सुकुटि हाल्ने र अलिकता नुन छर्कने। ५) एकछिन चलाउने। ६) खैरो खैरो भएपछि र हल्का पाकेको मिठो गन्ध आएपछि तुरन्तै झिक्ने। ढिलो गर्नु हुँदैन नत्र माछा डढ्छ। ७) अदुवा (१ इन्च) र लसुन (५-६ पोटि) लाम्चो लाम्चो गरेर काट्ने। ८) हरियो खुर्सानि (थाइ) ४-५ वटा पनि चिर्ने। ९) एक पाउन्ड जति गोलभेँडा काट्ने। १०)जिरा, धनिया, बेसार र मरिचको धुलोलाई अलिकता पानी हालेर पेस्ट बनाउने र त्यो पेस्टमा ५-६ वटा ल्वाङका टुक्राहरु हाल्ने। ११) कराहिमा तोरिको तेल तताउने। १२) अदुवा, लसुन र हरियो खुर्सानि हाल्ने, एकछिन पछि मसलाको पेस्ट पनि हाल्ने र भुट्ने। १३) नुन हाल्ने। १४) गोलभेँडा पनि हाल्ने र मजाले चलाउँदै भुट्ने। १५) गोलभेँडा गलेपछि माछा हाल्ने र एकछिन चलाउने। १६) अलिकता पानि हाल्ने र केहि बेर पकाउने। १७)पानि सुकेर सबै ग्रेभि माछामा टाँसिन थालेपछि झिक्ने। १८) स्वादिलो माछाको सुकुटि संगै तिनपाने चुरुप्प पार्ने।
Read Full Discussion Thread for this article