Posted by: chanaa_tarkaari June 29, 2007
SAJHA SUCKS!
Login in to Rate this Post:     0       ?        
मलाइ फोटो ब्यान गरेकोमा कुनै रीस उठेको छैन, साँच्चै भन्ने हो भने, ब्यान गरेको बहानामा यी फोटोलाइ झनै प्रचार गरीएको आरोप लगाउन मिल्ने अवस्था छ, नपत्याए हिट काउण्ट गर्न सकिन्छ । उस्तै खालको अप्रतिबन्धित फोटो भन्दा यी प्रतिबन्धित फोटो झन धेरैले हेरे होलान । सान बुरोलाइ थाहा होला गाँठी कुरो । मेरो बिचार --- त्यस्तो फोटो नटाँसेको भए हुने, टाँसिसकेछ, हटाइसकेछ तर झगडा नगरेको भए हुने, झगडा गरिसकेछ तर बादबिबाद गरेर कुरो नलम्ब्याएको भए हुने, कुरो लामो भैसकेछ, तर दोहोरो मापदण्ड नअपनाएको भए हुने, अश्लीलताको बिरोध गर्न झनै उग्र अश्लीलताको प्रदर्शन नगरेको भए हुने मानिसले नहेरोस भनेर हटाएको फोटोहरु अब झन धेरै मानिसले हेरे कि हेरेनन ? के यस्तो झगडामा कोहि जित्न कोहि हार्न सक्छ ? असम्भव । अश्लीलताको एउटै सर्वमान्य परिभाषा छैन भन्ने जान्दाजान्दै फेरि किन को बढी नाङ्गो भन्दै झगडा गर्दैछन ? मैले नबुझेको कुरो यो हो । बरु अश्लील शब्द पनि फोटो पनि प्रतिबन्ध गरिदिए टण्टै खलास, भन्ने सोचेर सुझाब दिएको, कुरो त्यत्ति हो । त्यसो गरे कमसेकम साझा सफा छ भनेर गर्व गर्न त सकिन्थ्यो ।
Read Full Discussion Thread for this article