Posted by: Birkhe_Maila June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
बिहिबारे सन्ध्याकालिन जदौ! यो बिर्खे माईलाको!! सपै जिम्दै होलाउ के रे? खै आजकल त तो पइला पइला अस्तो चिरिबिरि नि सुनिँदैन त चौतारिआँ? सपै लाखा-पाखा लाए झैँ मानिछु!....हिजो अस्तो लाउछ, हेरि एइ चौतारिआँ रात परेर अइलेको बेला भओ कि त गाम्लेहरुको चलपल हुन्तो। अइले आ'र यो गति भओ नारन चौतारिको! पइलेका बुडा खाडा कता लाए कुन्नि? म बुडो अस्तै कुन कुनाँ बसेर काल कुर्दै पो छन कि??? के जान्नु! ठिटा ठिटि भनाउँदा हेरु सपै कता लाए कुन्नि? कोइ जोडि खोज्न गा' होलान कोइ जोरि खोज्दै पाखुरा सुर्कँदै होलान्! तिमेरकै छ दिन, गरिखाओ! धन्न गोताएँ बुडा एक्लै फत्फताइरा रेछन्! एस्तै हो गोताएँ क्यार्नु, यिनि बडेर आफ्ना खुट्टाँ हिँड्न सक्ने उमेर भ'का ठिटा ठिटिको के कुरो गराइ भो र हामि बुडाले! तो तितौरी नातिनी यत्रि हत्केलाँ अटाम्ने बेला हुँदा देखुन स्यारेको एइ बुडो ज्यानले हो! अस्ति सम्म हजुरबा भन्दै :D अर्दै यतै कतै छुनुमुनु अरिरा हुन्ति, अइले कता हराइ कता , कि त दैब जाननुन कि त उसैलाई थाहा होला! चाइन्जो एस्तै रेछ काल जमाना, बुडो नभै बुड्यौलि कस्तो हुन्छ था पाइन्न के रे, बुडो भएसि था हुन्छ तर क्यार्नु ठिटा बेलाँ अर्नु पर्ने कुरो बुडो भ'सि था पा'र! ऐया बाबा!... यो खुट्टो नि चुँडालेर फालिदिम झैँ हुन्छ! खुइयय!! बेला अमृत गयो क्षणिक सुख सब बित्यो स्वप्नमै दिन बित्यो दूर जानु छ हाsss एकलै एकलै.... हरिशरणम!!
Read Full Discussion Thread for this article