Posted by: shirish June 28, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
शान्ति क्षेत्र - नेपाल --- दिनेश अधिकारी---- युद्ध त--‍ बुद्ध स्वयंमा युद्ध हो मैले उसलाई हिंसाको विरोधमा डटेको सुनेको छु युद्ध त-- जन्मको संस्कार र, निर्माणको बोली हो आहा ! कत्ति मीठो हुन्छ युद्ध ! अप्ठ्यारो बाँच्नुको विरुद्ध मैले-- पहाड फोर्दै बाटो बनाउने युद्ध देखेको छु फरक यत्ति छ- तिम्रो र मेरो सोचाइमा युद्ध-- तिमी हिरण्यकशिपुलाई भन्छौ म, प्रल्हादलाई भन्छु भो! मसँग भोक लाग्दा बारुद पस्कने कुरा नगर बन्दुकको सिरानी हालेर खै ! कसले विश्वास जित्यो र ! युद्ध जित्न त मन जित्नुपर्छ मैले मान्छेको हरेक जातलाई नातेदार ठान्ने गरेको छु आऊ ! हातबाट बन्दुक फालेर तिमी पनि मैँसँग मिसिऊ भर्खरै वागमती नुहाएर म-- अशान्ति विरुद्धको युद्धगर्न हिँडेको छु
Read Full Discussion Thread for this article