Posted by: CaMoFLaGeD June 28, 2007
~~चौतारी-६१ ~~
Login in to Rate this Post:     0       ?        
हिजो ब्यानै केटाहरुले जर्मन जानुपर्छ ल एक तान्नु भनेर भन्यो कि अन्त मो पनि ड्याडको पकेटबाट अलिकटी ज्याक हान्दिओरी तल भानुचोकमा गोयो है! यस्तो हेरेको त बिराटनगर सम्मन जाने गाडी रोकी राको रैछन्त। फिरी सिन्डिकेटमा काम गर्नेपनि फिरी हाम्रै टोलको भाई रैछ कि अन्त उस्ले बोलाएर "दाई तपाईलाई भाडापनि लिन्न हो त्यो लास्ट सिटमा बसेर जानुस" भन्यो है। आबो फ्रि मा जानु पाकोन्त मोइले त्यहि भएर भाईलाई १०० बक्स टिप्स हान्देकोन्त। भाई त लास्ट गदगद हौ आम्बो!! अन्त गाडी चल्यो है! तल भोटेपुलमा आइपुग्दा एकजना लाहुरेनी चड्यो कि गाडीमा अन्त मेरो छेउमा बस्यो। मो यस्तो हेर्यो उस्लाई अन्त फिरी केहि भनेन। उस्ले पो उल्टो 'भाई तपाई कहाँ जानु लागेको?" भनेर सोधिहालेको के। ल त आबो ठिकै छ भन्ने सोच्यो है मोइले अनि "मो चाहि काम छ कि इनरुवामा त्यहि भएर जानु लागेको" भनेर टोल्स दिएको कि भरै त सुड्डीपनि बबाल रैछन्त, उस्ले त मोलाई "अनि भाई इनरुवा जानु लागेको मान्छे के खानु बिराटनगर जाने गाडी चडेको हौ?" भन्दिरा'को के। म त ट्वाँsss अन्त मोइले बेक्कारमा इटहरीमा उत्रिनु परिराकोन्त। फिरी इटहरीबाट बिराटनगर गोयो कि मो अन्त त्यहाँ फुल भाँडापनि तिर्यो क्या मोइले। जर्मन पुग्दा त मो त झन्डै भुक्का!! लु सबैलाई ट्रिपमा नमस्ते ठोकेँ ल!!
Read Full Discussion Thread for this article