Posted by: gwanche June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
मेरो ठीक छ चित्रे। अस्ती त राम्ररी खेल्नै पाइएन यार, झन अर्काको डिपार्ट्मेन्टबाट गेस्ट प्लेयर बनेर खेल्न गे'को, मुसलधारे पानी अनि हुरीबतासले डिस्टर्ब गरिहालो नि। पैलो म्याच हारियो, ०-१ ले, दोस्रो जितियो २-० ले तेस्रो १-० ले जितेर फाइनलमा पुगियो तर तेइबेला भयन्कर पानी पर्न थालयो हुरी बताससँगै, फाइनल खेल्नै पाइएन, दुबै टिम ज्वाइन्ट विनर। हाम्ले जितेको सेकेन्ड म्याचको दुइटै गोल मैले हानेको! फाइनल खेल्न नपाए पनि रमाइलो भयो, पछी पानी रोक्केसी रातीसम्म ग्रिल गरेर बसियो अनि अर्को दिन शनिबार आइरिस बार! अब अर्को सेमेस्टर सुरु भएसि, अक्टोबरमा फेरी हुन्छ स्पोर्ट फेस्ट, त्यतीबेला पानी नि पर्दैन अनि फाइनल नि रोकिन्न होला (फाइनलमा पुगेन भने फेरी पानी परे नि हुन्छ)।
Read Full Discussion Thread for this article