Posted by: भउते June 26, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
नमस्ते सप्पैजनालाई। को को हुनुहुन्छ ? डम्मै कुहिरो लागेको रे'छ को को छन चौतारीमा देख्न नि गारो भो त। लु ठुल्नानी यता तिर दुइ चुल्ठो बाटेर लजाएर बसेकी रे'छन्। निधारमा रातो टिका पनि छ। हैन, त्यै केटा सँग बिहेको कुरो छिनेको हो कि के हो? कि मन्दिर सन्दिर गएर आएकी हो? ओइ गोताएँ, तिमी हटियाको बाटो आयौ जस्तो छ। त्यो बाटोमा फालिएको दाँत र बङ्गारा त दशैँमा काटेको राँगाको दाँत हो। हैन, तिम्लाई के भयो अचेल। मुन्छेको र पाडाको दाँत नि छुट्याउन छाड्यौ? हुन त त्यो निशेको दाँत नि पाडाकै जस्तो छ। निशेको दाँत बाटोमा खसेको देखेको भए त "आज हटियामा पाडो काटेछन्। साईँदुवाहरुले पाडाको दाँत बाटो भरि फालेर मरेछन्।" भन्दै भुट्भुटाउँदै आउथ्यौहोला।
Read Full Discussion Thread for this article