Posted by: blue_moon June 25, 2007
Prachanda - Nepals Next President??
Login in to Rate this Post:     0       ?        
एक वर्षको काठमाडौंको हावाले माओवादी अध्यक्ष प्रचण्डमा पनि परिवर्तन ल्याएछ । काठमाडौंको हावाको विशेषता भनेकै यही त हो जो काठमाडौं खाल्डोमा खस्यो त्यो सधैको लागि फस्यो । म राष्ट्रपति हुन्न एक वर्ष अगाडि प्रचण्डले पटक पटक संचार माध्यममा भनेका बाणिहरु हुन् यि । ६ महिना जत्तिपछि उनको एक अन्र्तवार्ता पढ्न पाइयो त्यो उनले भनेका रहेछन् राष्ट्रपति भएभनेपनि नारायणहिटीमा गएर बस्दीन । जनता झै सामान्य झुपडिमा नै बस्छु । ६ महिना पछि अर्थात २०६४ असार १० गते एकाएक प्रचण्डले भविष्यवाणि गर्दै भनेछन्-म राष्ट्रपति हुन्छु त्यो पनि २ वर्षभित्रै । यत्ति मात्र हैन उनको अर्को भविष्यवाणि पनि सुनौ-संविधान सभा निर्वाचनमा माओवादीले अत्याधिक बहुमत ल्याउछ रे । प्रचण्डले भारतिय टेलिभजन च्यानल सिएनन आइविएनलाई दिएको अन्र्तवार्तामा उनले राष्ट्रपति हुने मात्र हैन अधिकारसम्पन्न राष्ट्रपति हुने दावी गरेका छन् त्यो पनि पाँच वर्षका लागि । अन्र्तवार्तामा प्रयोग गरिएको फोटो पछाडिको दृष्य हेर्दा यो टुसालमा रहेको हायात होटलको कुनै कोठामा लिएको हो भन्ने अनुमान लगाउन गाह्रो छैन । कारण त्यसको पछाडि बौद्धको स्तुपा प्रष्ट देखिएको छ । धन्न उनले अहिले नै म एक पटक भन्दा बढि खान्न भनेछन् । यत्ति नभनेको भए फेरी भोलिपसर्ि के कुरा भन्नु नयां । भोलिपसर्ि फेरी जनताको आग्रह टार्न नसकेका कारण पुन एक पटक मात्र राष्ट्रपति बन्छु भन्नु परेन । तर प्रचण्डले राष्ट्रपति हुन्छु भन्नु कुनै नौलो कुरो भने हैन । राजनीति गर्नेले सबैभन्दा उच्च पदमा पुग्ने सपना देख्नु सामान्य नै हो । गणतन्त्रको नारा सहित आन्दोलनमा होमिएको पार्टीका अध्यक्षले यत्तिको भन्नु जायज नै पनि हो । तर २ वर्षभित्रै भनेर भविष्यवाणि नै चै नगरेको भए राम्रो हुन्थ्यो । किनकी २ वर्ष अगाडि वा पछाडि भयो भने प्रचण्डको हविगत पनि त्रिशुल बाबाको जस्तै हुन के बेर । कमसेकम त्रिशुल बाबाले भगवानले आएर मलाइ भनेका थिए भनेर स्पष्टिकरण दिने मौका त पाए । तर प्रचण्डले चै भविष्यवाणि केको आधारमा गरे भनेर स्पष्टीकरण दिने होला । सायद तपाइहरुले पनि विसर्िसक्नु भएको छैन होला माधवकुमार नेपालको दिल्ली दौडाहाको बेलामा नेपालमा रहेको प्रचण्डले भारत विरुद्ध बोलेको वाणि । उनले भारत कांग्रेस र एमालेलाई मिलाएर माओवादीलाई एक्ल्याउने शड्यन्त्र गरेको आक्रोशपुर्ण टिप्पणि गरेका थिए । तर अन्र्तवार्तामा भने प्रचण्ड आश्चर्यजनक रुपमा भारतप्रति लचिलो बनेका छन् । उनले भनाइमा भारतले नेपालमा जारी शान्ति प्रकृयालाई सकारात्मक रुपमा मात्र हैन अत्यन्त सकारात्मक रुपमा सहयोग पुर् याइरहेको बताएका छन् । त्यत्ति मात्र हैन है उनले नामै किटेर २ जनाको प्रशंसा गरेका छन् । एक हुन् नेपालमा गरिने हरेक शड्यन्त्रका योजनाकार एसडि मुनी । अर्का बामन्थि नेता सिताराम यचुरीपनि सोही लिष्टमा रहेका छन् । तर मलाइ प्रचण्ड राष्ट्रपति भएमा कुनै आपत्ति चै छैन है । २ वर्षमा किन २ दिनभित्र भएपनि आपत्ति छैन । किनकी यसले भोलिका दिनमा हाम्रा लागि पनि राष्ट्रपतिको ढोको खुल्ला हुने छ । जितीएला या हारिएला त्यो भिन्दै कुरो हो तर उम्मेदवार त बन्न सकिन्छ नी हैन । Vedio here http://www.ibnlive.com/videos/43492/abolish-monarchy-now-prachanda.html
Read Full Discussion Thread for this article