Posted by: world_map June 25, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
ग्वाँचुराम, अचेल ईउरोप गामका गाम्लेहरू खासै देखिंदैनन् तिमी बाहेक, यामे, रामे, जग्गे कता हराए सब? त्यहीं हुँदा एकपल्ट जमघट गर्न मन लागेको थियो, तर मिलाउन साह्रै गाह्रो, सबै फरक फरक देशाँ भएकोले। अब त्यहाँ आउने मौका मिल्दा पक्कै भेटम्ला है! ठूली, मेलो सब्बै थिक च, अनि तिम्लो के च नि? हाम्रो चौतारी पनि दुई वर्ष पूरा गरेर तीन बर्षमा पाइला टेक्ने बेला हुदैछ। यसको जन्म मिति २००५ सेप्टेम्बर ७ हो क्यारे। पोहोर साल पहिलो बार्षिकोत्सव धूमधामका साथ तीन दिन मनाइएको थियो। सँयोगबश, त्यो बेला चौतारीको अंक नि २५ पुगेको थियो, रजत महोत्सव र वार्षिकोत्सव एकै साथ। यो बर्ष दोस्रो वार्षिकोत्सवको बेला ७५ ओं अंक पुग्ला कि भन्ने आशा गर्दछु। सबैजनाले यो दोस्रो महोत्सवको लागि लेख, रचना, हाँसो, ठट्टा, कथा, कविता, मुक्तक, हाइकु, निबन्ध, नाटक आदि लेखेर राख्न अनुरोध छ।
Read Full Discussion Thread for this article