Posted by: भउते June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
सालीनानी, गुड मोनीङ ! यान्ड वेलकम ब्याक हेर न बिहान बिहानै तितो ओकलेकी। अब त शीत्तल भयो होला नि, नेप्टी। पाइन्छ बाबै पाइन्छ, मनको कुरो राख्न पाइन्छ। यसरी नै झगडा गर्दै, मनको कुरो खुलस्त राख्दै गरेर त चौतारी यहाँ सम्म आयो नि। यसरी नै त यो चौतारीका यतिधेरै सदस्यहरु सँग मयाँ प्रेम बढ्दै गएको हो नि। मनको कुरो राख्न नि नसक्नी, अरुको कुरो सहन नि नसक्नी भएर कति त त्यसै त्यसै भित्र भित्र पिल्सिँदै अलाप भएर पनि गए। थुल्ननी सँग फाइट गर्न कम्मरमा सल बाधेर आइछौ त। सलले मात्र नपुगे जिजुको गलबन्दी पनि बाँध्ने हो कि ! थुलुलाइ त फ्लाइङ किक आउछ रे, तिमीलाई के के किक आउँछ नि ? झगडा त गर, तर यो काल्पनिक सन्सारको कुरालाई लिएर ब्लड प्रेसर बढाएर नबस है। कोही रिसाए झै गर्नी, कोही फकाए झै गर्नी गरेन भने त चौतारीको जीवन्तता नै हराउछ नि।
Read Full Discussion Thread for this article