Posted by: Birkhe_Maila June 22, 2007
~~चौतारी - ६०~~
Login in to Rate this Post:     0       ?        
शुभ प्रभात! यो समय मुना चियाको हो! ******************************************************************* नमस्कार, द्रुव थापा बाट समाचार सु्न्नुहोस। प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले देश भनेको कन्ट्रि र कन्ट्रि भनेको देश भन्नेकुरा आज बिराटनगरमा आयोजित एक सभालाई सम्बोधन गर्न क्रममा भन्नुभयो। नेकपा एमालेका माधव कुमार नेपालले आफु सरकारमा जान इच्छुक रहेता पनि जानु उचित नरहेको कुरा व्यक्त गर्नु भयो। नेमकिपाका नारायणमान बिजुक्छे रोहितले लेलिनको संघर्ष र प्राप्तिको बारेमा हिजो भक्तपुरमा आयोजित 'लेनिन सम्झौँ नेपाल बिर्सौँ' कार्यक्रममा प्रकाश पार्नुभयो। नेकपा माओबादिका अध्यक्ड प्रचन्डले नयाँ खुलेको बालबालिकाको एक समुह नातिनातिना कम्युनिस्ट लिग को उद्घाटन गर्नुभयो। ....ले...औँल्याउनुभयो। ...ले...व्यक्त गर्दै...कुरा उल्लेख गर्नुभयो। ...ले...जानकारि गराउनुभयो। ...ले...बताउनुभयो। अब केहि देश बहिरका समाचार। जापानमा एक नयाँ किसिमको रोबोटको आविश्कार भए यता अबदेखि जापानि जनतालाई इमेल चेक गर्न कम्प्युटर सम्म पुग्नु नपर्ने भएको छ। चिनले ह्वाङ्हो नदिको बाँध बनाउने प्रकृयामा बिस्थापित गरेको करिव सात सय शहरहरुलाई पुन: स्थापित गरेको छ। भारतका राष्ट्रपति अब्दुल कलामले हिजो नयाँ भर्खरै खोलिएको भारतिय आणविक भट्टिबाट उत्पादित बिद्धुतको बिश्व वितरणको सम्भावनाको बारेमा आज नयाँ दिल्लिमा एक कार्यक्रममा अस्ट्रेलियाका राजदुत संग भेट वार्ता गर्नुभयो। समाचार समाप्त भयो। ******************************************************************* अहिले सुन्दै हुनुहुनथ्यो समाचार। अब प्रस्तुत छ नेपालि काङ्ग्रेसको महाधिवेसनको प्रत्यक्ष प्रसारण! शुक्रबारे जदौ! यो बिर्खै माइलाको!!
Read Full Discussion Thread for this article