Posted by: Birkhe_Maila June 20, 2007
Login in to Rate this Post:
0
?
क्यार्नु नेप्चि!
चाइन्जो अलि सन्चो नभा' अस्तो भओ तेसइले घराँ बसिरा थेँ गोडा चारेक दिन। यो बुडेसकालाँ उसै त ठाम कुठाम दुख्छ तेसमाथि मिठो नमिठो हसुर्न सम्म हसुरियो। ग्वाँचे मोरोले हाउँरो घराँ २-३ धार्नि जति मासु लेर आ थो, खसि काटेओ रे। तो मासु खानु खाएँ, अलिकता बाँकि थो तो पछिलाई राख्या भ' नि हुने हो हुन त, तर क्यार्नु के जाति " हाँडिमा कनिका भए सम्म राँडिलाई निद्रा लाग्दैन" भनेओ अस्तो तो नसकिए सम्म तिर्सना नमेटिएर आज बेथा ला'र यो गति भो नारन्!
हरिशरणम्!