Posted by: Rahuldai June 20, 2007
Login in to Rate this Post:
0
?
सोह्रै आना सहि बात पिरे जी।
मिनि चिन्तनहरु को पनि चिन्तन गर्ने माइक्रो चिन्तन प्रति दया जाग्यो। खोज्दै थिएं रतन संसार कंसाकार कहाँबाट् झुल्के अचानक जलश्रोत क्षेत्रमा। हामी भन्दा सिनियरभएको भए कहिं न कहिं त सुनेको, भेटेको अबश्य हुनु पर्दछ, दिमाग खायो , कतै भेटिएन। पन्ध्र बर्ष भयो यो क्षेत्रमा काम् गरेको कतै न देखेको न सुनेको मान्छे को हवाला दिदैं एक मित्र Taat जी ले सानो जलबिद्युत को वकालत गर्नु भयो। खोज्दै जाँदा साझा कै एक मित्र ले मलाइ सूचना पठाए, ती ब्यक्ति त रत्न सागर कंसाकार हुन्, मौसमबिद रे। मेट्रिलोजिस्ट्ले जलश्रोत को अझ भनुम् बिद्युत ग्रिहको संरचना र छनौट् बारे दिएको प्रतिक्रियालाई आधार् मान्नु कहँ सम्म मनासिब हुन्छ? हो, मेट्रोलोजिकल् डाटा अत्यन्त जरुरि कुरा हो, तर सबथोक् होइन इन्जिनियरिङ् डिजाइन मा।
अब बिद्युत माफिया भन्छन् क्या र रत्न संसार् श्रेष्ठ को कुरा गर्नु भएको भए अब पिरे जिएे ले गतिलो जवाफ दिइ सक्नु भएकै छ।
मेरो बिचार्मा रत्न सागर् कंसाकार् र रत्न संसार् श्रेस्ष्ठ बिच नैTAAT जी अल्मलिनु भयो।
त्यसैले तर्कको लागि तर्क मात्र गर्नु बेकार छ। अजय मणि दिक्षित भन्ने अर्को चिन्तनको रुपले जस्तै मस्तिष्क नै बायोस भएर ठुला संरचनाको बिरोध गर्नै पर्छ भन्नु हुन्छ भने केहि ओखति छैन। चिन्तनले जस्तै कुनै दिन गर्बका साथ घाँस खानु बाहेक् केहि हुने वाला छैन।