Posted by: Poonte June 19, 2007
---चौतारी-५९---
Login in to Rate this Post:     0       ?        
ए, नकचरो भउते! तिमीलाई मिल्ने गीत त मैले लेखिदिएं, लौ! कोमल ओली को "पोईलो जान पाम" को सारमा। कोमल ओलीको ओरिजिनल चईं य्हाँटी सुन्नी: - http://www.youtube.com/watch?v=uKQ2FlDd3RU यो चईं भउतेमा समर्पित पुन्टेको शब्द रचना: लोग्ने मुन्छे भए पनि, वर्त बसें भगवान x 2 आश गरें, हे प्रभु, बनोस् मेरो काम x 2 सधैं भरि अल्लारेर बस्न मलाई मन छैन x 2 अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् जोई पाईयोस् भनेर जप्छु तिम्रो नाम अहिले कै सालमा पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् पाम् पाम् पाम्! रहर ला’थ्यो साह्रै मलाई पुन्टे दाईको सालीलाई x 2 फकाई फुस्लाई गर्दै थिएं, उई भेनाको गाली खाईं x 2 भन्द्या छु है, परभु, नपरोस् है संधै तिम्रो मन्दिर धाउनलाई x 2 लोग्ने मुन्छे भए पनि…. थाहै नपाई अन्जानैमा नेप्चीलाई नि लाईन मारें x 2 राहुलदाईले थाहा पाए, ख्वा’को म:म: को दाम झारे x 2 सिंगल छैनन् कि, परभु, सबको पोईले मला-ई नै मार्नु मारे x 2 लोग्ने मुन्छे भए पनि…. पुन्ट्या साली ताक्दा खेरि भेना मुरदार अघि सरे x 2 उसको खप्पर फोड्न खोज्दा, चिप्लिएर मैं लडें x 2 असहिय भयो, परभु, कुन जुनिमा म-ई-ले कोल्लाई पो पाप गरें x 2 लोग्ने मुन्छे भए पनि…. जति गरें, जे गरें, पुन्टेसंग सकिन भो x 2 जोई एउटी नपाएर, चौतारी आउन नि लाजै भो x 2 भाग्याँ रैन्छ, परभु, लौन अब तिमीलाई नै मैले लाने हो x 2 लोग्ने मुन्छे भए पनि, वर्त बसें भगवान x 2 आश गरें, हे प्रभु, बनोस् मेरो काम x 2 सधैं भरि अल्लारेर बस्न मलाई मन छैन x 2 अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, अहिले कै सालमा पोई बन्न पाम् पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् जोई पाईयोस् भनेर जप्छु तिम्रो नाम अहिले कै सालमा पोई बन्न पाम्, प्रभु, पोई बन्न पाम् पाम् पाम् पाम्! :p :p :p
Read Full Discussion Thread for this article